नेपाल पक्षले नयाँ दल दर्ता गरे पनि एमालेभित्रको आन्तरिक कलह जारी

काठमाडौं, भदौं  ५ः नेकपा एमालेबाट अलग हुन माधवकुमार नेपालसहितका नेताले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए पनि पार्टीभित्रको आन्तरिक कलह जारी रहने भएको छ ।

पार्टी अध्यक्ष केपी ओलीको कार्यशैलीप्रति असन्तुष्ट नेता नेपालसहितले बुधबार नयाँ दल दर्ता प्रक्रिया सुरु गरेका छन्। तर, एमालेको नवौं महाधिवेशनदेखि नेपाललाई साथ दिँदै आएका प्रभावशाली नेताहरूले नयाँ दल दर्ता प्रक्रियामा भने उनलाई साथ दिएका छैनन् ।
ती नेताहरू पार्टी एकताको पक्षमा भन्दै ओली र नेपाल दुवै पक्षबाट अलग देखिएका छन् । ओली र नेपाल दुवैले आआफ्नो बाटो समाउने तयारी गरेपछि थप दबाबमा परेका उनीहरूले शुक्रबार राजधानीमा भेला गर्दै पार्टी एकताका लागि दबाब बढाएका छन् ।

उनीहरूले अध्यक्ष ओलीलाई नेपालसहित प्रतिनिधिसभाका १४ सदस्यमाथि कारबाहीका लागि गरिएको सिफारिस फिर्ता लिएर विवाद समाधानका लागि १० बुँदे समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन् । नेता नेपाललाई पनि नयाँ पार्टी दर्ताको प्रक्रिया स्थगन गरेर एकताको पक्षमा आउन उनीहरूले आग्रह गरेका छन् ।

केन्द्रीय कमिटीका सदस्य र सांसदको भेलाले दुई दिनभित्र १० बुँदे समझदारी अक्षरशः कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेको छ । १० बुँदे सँगै सहायक डकुमेन्टका रूपमा माइन्युट गरिएको जनाउँदै बैठकमा सहभागी एक नेताले भने, ‘त्यसअनुसार तत्काल २०७५ जेठ २ गते अघिको स्थायी कमिटीको बैठक बोलाएर १० बुँदे समझदारी अनुमोदनपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्य थप गरेर अर्को बैठक बोलाउनु पर्छ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

ग्रिन आर्मी प्रकरण : खारेजी मात्र होइन, सत्यको कानुनी परीक्षण आवश्यक

-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा