प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक घिसिङद्वारा पदबहाली

काठमाडौं, साउन २७ गते । विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको कुलमान घिसिङले बुधबार दिउँसो पदबहाली गर्नुभएको छ । घिसिङ करिब ११ महिनापछि पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा नियुक्त हुनुभएको हो ।

बुधबार दिउँसो ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय पुगेर नियुक्तिपत्र बुझ्नुभएपछि नवनियुक्त प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पदबहाली गर्नुभएको हो । उहाँलाई प्राधिकरणमा कर्मचारीहरुले स्वागत गर्नुभएको थियो ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले घिसिङलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको ऊर्जा मन्त्रालयले जनाएको थियो ।

२०७३ भदौ २९ को मन्त्रिपरिषदको निर्णयबाट कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको थियो । उहाँले सो अवधिमा लोडसेडिङ अन्त्य गर्नुभएको र वर्षौंदेखि घाटामा गएको संस्थालाई नाफामा लानुभएको श्रेय पाउनुभएको थियो ।

नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य व्यवस्थापन गर्नुभएको थियो ।त्यसपछि २०७५ वैशाखदेखि देश लोडसेडिङ मुक्त भएको घोषणा गर्नुभएको थियो ।

नेपालमा दैनिक १८ घण्टासम्म लोडसेडिङ भइरहेको अवस्थामा कार्यकारी निर्देशकमा नियुक्त हुनुभएपछि घिसिङले आफ्नो कार्यकालको पहिलो वर्षमै उपत्यकामा लोडसेडिङ अन्त्य गर्नुभएको थियो । घिसिङ प्राधिकरणमा नियुक्त हुनुभन्दा अगाडि आर्थिक वर्ष २०७२/७३ मा प्राधिकरण ८ अर्ब ८९ करोड घाटामा थियो । २०७३ भदौमा प्राधिकरणको व्यवस्थापकीय नेतृत्वमा कुलमान घिसिङ नियुक्त हुनुभएपछि अघिल्ला हरेक वर्ष घाटामा जाँदै आएको प्राधिकरणलाइ आर्थिक वर्ष २०७३/७४ देखि नै नाफा भएको थियो ।

आर्थिक वर्ष २०७३/७४ मा प्राधिकरणले एक अर्ब ५० करोड खुद मुनाफा प्राप्त गरेको थियो । त्यसपछिका हरेक वर्ष नाफा रकम बढ्दै जाँदा प्राधिकरणले गएको आर्थिक वर्ष २०७६/७७ मा  ११ अर्ब नाफा कमाएको बताइन्छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

भरत दाहाललाई रिहा गर्न सर्वोच्चको परमादेश

 असोज ८,काठमाडौं । सर्वोच्च अदालतले राजनीतिक विश्लेषक भरत दाहाललाई थुनामुक्त गर्न परमादेश जारी गरेको छ।दाहालकी

महिला हिंसा नियन्त्रणका लागि सांसद एकमत

काठमाडौँ, भदौ ३० गते । महिला तथा बालिकामाथि हुने बलात्कार, यौन हिंसा तथा साइबर अपराध

एआई एजेन्टले विकीमार्फत सहकार्य गरेको खुलासा

काठमाडौँ, २१ भदौ । ओपनएआईसँग सम्बन्धित मानिएका स्वायत्त कृत्रिम बुद्धिमत्ता (एआई) एजेन्टले आपसमा सञ्चार र

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

सरकारी निवेदनमा अब एकरूप ढाँचा

  काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता