भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।
चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताए ।
ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा ट्र्याक्टर समातिएको श्रेष्ठले बताए ।
कारबाहीका लागि पठाइएका यस्ता सवारीसाधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ ।
गतवर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
चालू आव २०७८/७९ को शुरूआतसँगै यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही तीव्र पारिएको छ । कोरोना महामारीका कारण सवारीसाधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ । यो समाचारआर्थिक अभियान दैनिकमा छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना