भारवहन क्षमताभन्दा बढी तौल बोक्ने ढुवानीका साधनलाई यातायात व्यवस्था कार्यालयमा पठाइएको र त्यसबाट ६९ लाख ८८ हजार रुपैयाँ संकलन भएको पनि ट्राफिक प्रहरीले बताएको छ ।
चालक तथा सर्वसाधारणलाई सवारीसम्बधी नियमबारे जानकारी दिन चेतनामूलक कार्यक्रमहरू सञ्चालन गरिएको कार्यालयका सूचना अधिकृत ट्राफिक प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले बताए । बितेको १ वर्षमा आयोजित २ हजार ८०० यस्ता कार्यक्रममा १ लाख २६ हजारभन्दा बढीको सहभागिता रहेको पनि जैसवारले बताए ।
ट्राफिक प्रहरीले गत आवमा १०६ ओटा चोरी तथा भन्सार छलीका सवारीसाधन पक्राउ गरेर कारबाहीका लागि भन्सार र राजस्व अनुसन्धानको जिम्मा लगाएको छ । तीमध्ये सबैभन्दा बढी मोटरसाइकल छन् । ७८ ओटा मोटरसाइकल, २४ ओटा जीपकार, ३ ओटा डीजे रथ र एउटा ट्र्याक्टर समातिएको श्रेष्ठले बताए ।
कारबाहीका लागि पठाइएका यस्ता सवारीसाधनको अनुमानित मूल्य २ करोड १० लाख ६१ हजार रुपैयाँ रहेको ट्राफिक प्रहरीले बताएको छ ।
गतवर्ष प्रदेश २ का ८ ओटा जिल्लामा ३ हजार ९८३ ओटा सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा ५२३ जनाको ज्यान गएको छ । सवारी दुर्घटनामा १ हजार ९३० जना गम्भीर र ४ हजार ७४ जना सामान्य घाइते भएको ट्राफिक प्रहरीले बताएको छ । ५ हजार ८११ ओटा सवारीसाधन दुर्घटनामा परेका छन् ।
चालू आव २०७८/७९ को शुरूआतसँगै यात्रुसँग बढी भाडा असुल्ने सवारीसाधनमाथि कारबाही तीव्र पारिएको छ । कोरोना महामारीका कारण सवारीसाधन कम चलेको र हालै सरकारले भाडा बढाएको मौका छोपी तोकिएको भन्दा बढी भाडा लिने प्रवृत्ति बढेपछि चेकजाँच तीव्र पारिएको ट्राफिक प्रहरीले बताएको छ । यो समाचारआर्थिक अभियान दैनिकमा छ ।
फागुन १६, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ ।
पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु
पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो
मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का
मंसिर १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र
मङ्सिर ११, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानमा व्यवस्था अनुसार समाजवाद उन्मुख संविधान कार्यान्वयनको सबैभन्दा