कक्षा १२ को परीक्षा साउन अन्तिमबाट, पूर्णाङ्क कति ?

काठमाडौं,साउन ५, कोरोना (कोभिड–१९) भाइरस सङ्क्रमणका कारण स्थगित कक्षा १२ को अन्तिम वार्षिक परीक्षा साउन मसान्तबाट सुरु गरिने भएको छ । विद्यार्थीको भौतिक उपस्थितिमा परीक्षा सञ्चालन हुने र विगतको झैँ एक सय पूर्णाङ्कको लिखित परीक्षा लिइने भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा १२ को परीक्षा गर्न अनुमति दिएको जानकारी दिँदै साउनको अन्तिमबाट परीक्षा सुरु गर्ने योजना रहेको बताए । यसअघि बोर्डले विद्यार्थीको भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न (सीसीएमसी)सँग अनुमति मागेको थियो । अब एक–दुई दिनभित्रै बोर्डको बैठक बसेर परीक्षाका बारेमा कार्यतालिका सार्वजनिक गर्ने जनाइएको छ ।

एक सय पूर्णाङ्ककै परीक्षा
यसैबीच बोर्डले यसपटक एक सय पूर्णाङ्ककै परीक्षा सञ्चालन गर्ने भएको छ । गत वर्ष कोरोना भाइरसका कारण कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीसित जम्मा ४० पूर्णाङ्कको परीक्षा लिइएको थियो । बोर्डको यस खालको तयारीपछि अब कक्षा १२ का विद्यार्थीले तीन घण्टाकै परीक्षा दिनुपर्नेछ । कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थी उच्च शिक्षामा प्रवेश गर्ने र विदेशी विश्वविद्यालयमा अध्ययनका लागि समेत जाने हुँदा गुणस्तरमा कमी गर्न नहुने भएकाले लिखित परीक्षा नै लिने निचोडमा पुगिएको हो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय