प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट बहस गर्दै वरिष्ठ अधिवक्ता अग्नि खरेलले एउटा दलको सदस्यले अर्को दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउन समर्थन गर्न नपाउने जिकिर गरे। खरेलले बहस गर्दैगर्दा प्रधानन्यायाधीशका प्रश्नको सामना गर्नुपर्यो।
‘शेरबहादुर देउवाले पार्टीको पनि समर्थन लिएर, संसद्का अन्य सदस्य पनि लिएर जानुभएको छ। धारा ७६ (५) को प्रयोजन कसरी गल्ती भयो’, प्रधानन्यायाधीश जबराले खरेलसँग सोधे। जबाफमा खरेलले देउवाले आप्mनो दलको निर्णय लिएर गएको दाबी गरे। ‘दलको समर्थन चाहिँदैनथ्यो भने माओवादी केन्द्रको निर्णय लगेर जानुभयो। दलले निर्णय गरेको छ’, उनले भने, ‘नेकपा एमालेका केही सदस्य, जसपाका केही सदस्यले सही गरिराख्दा कुनै दलको निर्णय चाहिने र कुनैको नचाहिने ?’
उनले माओवादी केन्द्रको देउवालाई समर्थन गरेको पत्रसमेत पढेर सुनाएका थिए। ‘धारा ७६ (२) मा दलको व्यवस्था छ। सांसदको भूमिका मौन देखाइएको छ। उपधारा ५ को हकमा खुल्ला छोडिएको छ। स्वतन्त्र रूपमा प्रस्तुत हुने पनि भयो। देउवाको हकमा सांसदहरूको हस्ताक्षर बनाएर जाँदा पनि भएन। ७६ (२) मा स्वतन्त्र सांसदहरूको भूमिका के हुने रु उपधारा २ को व्यवस्था के?’ प्रधानन्यायाधीशले फेरि सोधे।
पूर्वमहान्यायाधिवक्तासमेत रहेका खरेलले कांग्रेस र माओवादी केन्द्रको पत्र राखिएकाले एमाले र जसपाका सांसदको सहीमात्र समावेश गर्न नमिल्ने बताए। ७६ (५) को व्यवस्थामा ह्विप नलाग्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनमा राखिएको व्यवस्था के हुने भन्ने उनको तर्क थियो। ‘राजनीतिक दलसमबन्धी ऐनको कुरा गर्दा, संविधानका प्रत्येक धारा, उपधारा स्वतन्त्र हुन्। ५ को व्यवस्था संसारमा कहीं नभएको हाम्रोमा छ। यो समाचार नागकिर दैनिकमा छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।