मनसुनले मात्र आएको होइन मेलम्चीमा बाढी, यस्तो छ कारण

काठमाडौं,असार १३,मौसम पूर्वानुमान महाशाखाले यस वर्ष पहाडी र हिमाली भेगमा बढी वर्षा हुने पूर्वानुमान गरेको छ तर असार १ गतेको आसपास मेलम्ची क्षेत्रको वर्षाको आकलन त्यसअनुसार भएको थिएन । 

त्यसबेला वर्षा पश्चिम नेपालमा केन्द्रित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो । मौसमविद्हरू ठूलो  वर्षा  भएको  कुरा  स्वीकार  गर्दैनन्  । 

भूगर्र्भविद्हरू  माथिल्लो भेगमा वर्षा नभई पहिरो जानै नसक्ने बताउँछन् । पछिल्लो  समय  खण्डित  वर्षा  हुने  क्रम  बढेको  छ  ।  सानो स्थानको एकै ठाउँमा वर्षा भएका कारण एक्कासि बाढीपहिरो सिर्जना हुने गरेको भूगर्भविद् शिवकुमार बाँस्कोटा बताउँछन् । उनले पोहोर साल पर्वतको दुर्लुङमा गएको पहिरोको उदाहरण दिए । लुम्लेनजिकै रहे पनि त्यस समयमा त्यहाँ पानी परेको थिएन तर दुर्लुङका बासिन्दाले कहिल्यै नदेखेको दर्के पानी देखे । त्यसको केही निमेषमै पहिरोले बस्ती बगाएको थियो ।

मेलम्चीको माथिल्लो जलाधार क्षेत्रमा वर्षामापन यन्त्र थिएन । त्यहाँ पानी परेको हुनसक्ने आकलन उनले गरे । उनले भने, “पहिले हिमनदीले ल्याएको माटोसहितको गेग्रान हेलम्बुमाथिको खहरे छेउछाउमा थुप्रिएका छन्, पानी परेपछि  बल्ल  त्यो  बग्न  थालेको  हो  र  कतै  गएर  खहरे  थुनिएपछि भेलपहिरो विस्फोट भएको हुनसक्छ ।”

बाँस्कोटासहितको उच्च सरकारी टोली त्यो पहिरोले थुनेको स्थलको अवलोकन गर्न गएका थिए । खराब मौसमका कारण राम्ररी ठम्याउन नसकिए पनि प्रारम्भिक अवलोकनले त्यही देखाएको उनले सनाए । उनका अनुसार एक÷डेढ सय वर्षअघि अहिलेकैजस्तो पहिरो आएर मेलम्ची थुनिएको घटना दोहोरिएको हो । स्थानीय पाकाहरू पनि यस्तै घटना धेरै वर्षअघि भएको सुनाउँछन् । 

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय