डिम्याट खाताको सङ्ख्या ३५ लाखभन्दा बढी

काठमाडौँ, जेठ २९: गत वर्षको असारसम्ममा करिब १७ लाखको सङ्ख्यामा रहेको डिम्याट खाताको सङ्ख्यामा शतप्रतिशत वृद्धि भई हाल ३५ लाख नाघेको छ । पछिल्लो समय धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता उत्साहजनक रूपमा बढ्दै गएको हो ।

डिम्याट खाताको सङ्ख्या ३५ लाखभन्दा बढी

एक वर्षकै अवधिमा मेरो सेयर खाताको सङ्ख्या साढे तीन गुणाले बढेको नेपाल धितोपत्र बोर्डले जनाएको छ । बोर्डका अनुसार २०७७ असारमा करिब सात लाखको हाराहारीमा रहेको मेरो सेयर खाताको सङ्ख्यासमेत एक वर्ष नपुग्दै करिब साढे तीन गुणाभन्दा बढी वृद्धि भई हाल करिब २६ लाख पुगिसकेको छ । धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासनमा गत वर्षसम्म मुस्किलले पाँच लाखले भाग लिने गरेकामा हाल एउटै निष्कासनमा करिब १८ लाखले आवेदन दिने गरेको बोर्डको भनाइ छ ।

धितोपत्रको दोस्रो बजार अनलाइन कारोबारका लागि करिब ३५ हजारले युजर आईडी लिएकामा यस अवधिमा उक्त सङ्ख्यामा उल्लेखनीय वृद्धि (करिब १७ गुणाभन्दा बढी) भई करिब छ लाख ६० हजार रहेको छ भने औसतमा छ लाख लगानीकर्ता कारोबारमा सक्रिय रहेको देखिएको छ । यसले पुँजी बजारमा लगानीकर्ताहरू क्रमशः प्रविधिमैत्री हुँदै गएको बोर्डको भनाइ छ । २०७७ साल असारसम्ममा डिम्याट खाता खोल्नेको सङ्ख्या १७ लाख रहेको थियो । चालू आर्थिक वर्षको ११ महिनामा ३५ लाखभन्दा बढीले डिम्याट खाता खोलेका छन् । जेठ २७ गतेसम्मको तथ्याङ्कअनुसार ३५ लाख ४९ हजार २४७ जनाले डिम्याट खाता खोलेको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जनाएको छ ।

ब्रोकरको लाइसेन्स पनि थपिँदै
बोर्डले सेयर बजारमा काम गर्न ब्रोकरको लाइसेन्स थप गर्न लागेको छ । बोर्डका अनुसार सातवटै प्रदेशमा पाँच÷पाँचवटा गरी कुल ३५ वटा ब्रोकरलाई लाइसेन्स दिने तयारी भइरहेको छ ।
नयाँ संस्थागत र प्रदेशगत धितोपत्र दलाल व्यवसायीलाई बजार प्रवेश गराउने उद्देश्यसहित उक्त कार्यलाई अघि बढाएको जनाउँदै बोर्डले हालको परिवेशमा ब्रोकरलाई लाइसेन्स दिने विषयलाई जोड दिन जरुरी रहेकाले यसलाई प्राथमिकतामा राखेको हो ।

नयाँ स्टक एक्सचेन्जको सम्भावना
कोभिड–१९ को महामारीबाट उत्पन्न विषम परिस्थितिका बीच धितोपत्र बजारमा देखिएको वृद्धि भएको परिप्रेक्ष्यमा बोर्डबाट धितोपत्र बजारको स्थिति, अर्थतन्त्रको अवस्था, नेप्से सूचकाङ्क तथा ब्याजदर, आपूर्ति र मार्जिन ऋणको सम्बन्ध, हालसाल मूल्यमा उतारचढाव देखिएको
जनाएको छ ।
केही कम्पनीको विश्लेषण, धितोपत्र बजार परिसूचक बढ्नुका कारण तथा धितोपत्र बजारमा गर्नुपर्ने कार्यहजस्ता विषयवस्तु समेटी अध्ययन गरिएको बोर्डले जनाएको छ । यस्ता प्रतिवेदनहरू जानकारीका लागि नेपाल सरकार, अर्थ मन्त्रालयमा समेत पेस गर्ने गरिएको छ ।
बोर्डले वित्तीय समावेशिता तथा म्युनिसिपल बन्डसम्बन्धी प्रारम्भिक अध्ययन सम्पन्न गरिएकामा सोमा सुधार गरी अन्तिम रूप दिने कार्य अगाडि बढेको छ ।

पुँजी परिचालन इतिहासकै उच्च
चालू आर्थिक वर्षको प्रथम १० महिनामा नै धितोपत्रको प्राथमिक बजारमार्फत करिब ७८ अर्ब रुपियाँ बराबरको पुँजी परिचालन भएको छ जुन विगत २८ वर्षकै इतिहासमा उच्च हो ।
प्राथमिक बजारमार्फत समाजमा छरिएर रहेको ससानो बचत सङ्कलन गरी दीर्घकालीन पुँजी उत्पादनशील क्षेत्रमा परिचालन गर्न सहयोग पु¥याउने बोर्डको उद्देश्यमा सफलता हासिल भएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई

पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्न कानुनी व्यवस्था गरिने

 चैत २३,काठमाडौ। सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरणीय प्रदूषण न्यूनीकरण गर्ने उद्देश्यसहित डिजेल

राष्ट्रिय परिचयपत्रलाई अनिवार्य एकल परिचय बनाउने सरकारको निर्णय, नागरिकता र राहदानी सेवा जुनसुकै जिल्लाबाट पाइने

 चैत १५, काठमाडौँ । सरकारले नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवाहरूलाई डिजिटल तथा एकीकृत प्रणालीमार्फत सञ्चालन

जनमतसँगै युवाको अपेक्षा: भ्रष्टाचार नियन्त्रण, रोजगारी र डिजिटल सेवामा जोड

काठमाडौं, फागुन २७ ।  प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेसँगै अब बन्ने नयाँ सरकारप्रति