पर धकेलियो मनसुन अवधि

काठमाडौँ, जेठ २१ गते । नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ ।
त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विगत चार–पाँच वर्षयता मनसुन सुरु हुने समय ढिला हुँदै गएको अवस्था र हरेक १० वर्षमा मनसुन अवधि अद्यावधिक गर्न आवश्यक मौसम विश्लेषणपछि मनसुन सुरु हुने र अन्त्य हुने मिति पछाडि सारिएको विभागको जलवायु महाशाखाकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्व मौसम सङ्गठनको नियमअनुसार अन्तर्राष्ट्रिय मान्यताअनुरूप हरेक १० वर्षमा मौसम परिवर्तनको अवस्था विश्लेषण गरी अद्यावधिक गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “नेपालको मनसुनसहितको मौसमी अवस्था अद्यावधिक गर्नका लागि पछिल्लो ३० वर्ष अर्थात् सन् १९९१ देखि २०२० सम्मको मौसमी तथ्याङ्कलाई विश्लेषण गरिएको छ ।”
त्यस विश्लेषणले नेपालमा मनसुन सुरु हुने औसत दिन जुन १३ मा पुगेको देखाएअनुरूप नै यस वर्षदेखि केही पछाडि सरेको हो । विगतका केही वर्ष यता जुन १० मा सुरु हुनुपर्ने मनसुन ढिला गरेर एक साता ढिला हुने गरेको थियो । सो अनुपात निकाल्दा पनि बीचको मितिलाई नयाँ मनसुनको मिति बनाइएको हो ।
त्यस्तै सेप्टेम्बर २३ मनसुन बहिर्गमन हुने मौसमी अवस्था पनि विगत केही वर्षयता अक्टोबर पहिलो साता पुग्ने गरेको थियो । विगत ३० वर्षको मौसमी विश्लेषणसहित परिमार्जन गरेर अक्टोबर पहिलो साता मनसुन अन्त्य हुने दिन मनसुन फोरमको बैठकले तय गरेको मौसमविद् कँडेलको भनाइ छ । यो विगतका वर्षमा भन्दा १० दिन ढिला मनसुन अन्त्य हुने मिति हो ।
त्यस्तै गरेर विगत १० वर्षसम्म मनसुनको अवधि सरदर १०५ दिन रहेको थियो । यो अवधि मनसुन पछाडि सर्ने क्रममा बढेको विभागले औँल्याएको छ । अब तय भएको मनसुनी अवधि छ दिन बढेर १११ दिन पुगेको कँडेलले जानकारी दिनुभयो ।
मनसुनी प्रणाली छिमेकी मुलुक भारत हुँदै नेपालको पूर्वी भूभागबाट भित्रने गर्छ । भूमध्य रेखाको प्रशान्त महासागरमा विकसित हुने मनसुन प्रणाली उत्तरतिर सर्ने क्रममा माल्दिभ्स, श्रीलङ्का हुँदै म्यान्मारको आकाशमा पुग्छ । त्यसपछि बङ्गलादेश र भारतमा भित्रिएपछि बल्ल नेपालको आकाशमा मनसुन भित्रिन्छ ।
यति बेला मनसुनी प्रणाली भारतको आकाशमा आइपुगेको छ । अबको एक साताभित्र अन्य कुनै प्रणालीले असर नगरेमा केही दिन पर गएर मनसुन नेपाल भित्रने छ । यद्यपि बाह्य प्रभावले केही दिन वर वा पर हुन सक्ने सम्भावनालाई नकार्न नसकिने मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । उहाँका अनुसार मनसुन रेखा भारतको केरलामा समेत सुरु भइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ