पर धकेलियो मनसुन अवधि

काठमाडौँ, जेठ २१ गते । नेपालमा यस वर्षदेखि मनसुन पछाडि धकेलिएको छ । मनसुन सुरु हुने, बहिर्गमन हुने र मनसुनको अवधिसमेतको अवधि पछाडि धकेलिएको हो । यसअघिका १० वर्षको अवधिमा हरेक वर्ष जुन १० मनसुन सुरु हुने दिन तय गरिएको थियो तर यस वर्षदेखि जुन १३ लाई मनसुन सुरु हुने मिति तय भएको छ ।
त्यस्तै गत वर्षसम्म मनसुन सकिने अवधि सेप्टेम्बर २३ रहेकोमा अब मनसुन सकिने मितिसमेत पछि सर्दै अक्टोबर २ पुगेको छ । त्यसैले यसै वर्षदेखि मनसुन सुरु हुने र अन्त्य हुने अवधि नै पछाडि सरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विगत चार–पाँच वर्षयता मनसुन सुरु हुने समय ढिला हुँदै गएको अवस्था र हरेक १० वर्षमा मनसुन अवधि अद्यावधिक गर्न आवश्यक मौसम विश्लेषणपछि मनसुन सुरु हुने र अन्त्य हुने मिति पछाडि सारिएको विभागको जलवायु महाशाखाकी वरिष्ठ मौसमविद् डा. इन्दिरा कँडेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार विश्व मौसम सङ्गठनको नियमअनुसार अन्तर्राष्ट्रिय मान्यताअनुरूप हरेक १० वर्षमा मौसम परिवर्तनको अवस्था विश्लेषण गरी अद्यावधिक गर्नुपर्ने हुन्छ । उहाँले भन्नुभयो, “नेपालको मनसुनसहितको मौसमी अवस्था अद्यावधिक गर्नका लागि पछिल्लो ३० वर्ष अर्थात् सन् १९९१ देखि २०२० सम्मको मौसमी तथ्याङ्कलाई विश्लेषण गरिएको छ ।”
त्यस विश्लेषणले नेपालमा मनसुन सुरु हुने औसत दिन जुन १३ मा पुगेको देखाएअनुरूप नै यस वर्षदेखि केही पछाडि सरेको हो । विगतका केही वर्ष यता जुन १० मा सुरु हुनुपर्ने मनसुन ढिला गरेर एक साता ढिला हुने गरेको थियो । सो अनुपात निकाल्दा पनि बीचको मितिलाई नयाँ मनसुनको मिति बनाइएको हो ।
त्यस्तै सेप्टेम्बर २३ मनसुन बहिर्गमन हुने मौसमी अवस्था पनि विगत केही वर्षयता अक्टोबर पहिलो साता पुग्ने गरेको थियो । विगत ३० वर्षको मौसमी विश्लेषणसहित परिमार्जन गरेर अक्टोबर पहिलो साता मनसुन अन्त्य हुने दिन मनसुन फोरमको बैठकले तय गरेको मौसमविद् कँडेलको भनाइ छ । यो विगतका वर्षमा भन्दा १० दिन ढिला मनसुन अन्त्य हुने मिति हो ।
त्यस्तै गरेर विगत १० वर्षसम्म मनसुनको अवधि सरदर १०५ दिन रहेको थियो । यो अवधि मनसुन पछाडि सर्ने क्रममा बढेको विभागले औँल्याएको छ । अब तय भएको मनसुनी अवधि छ दिन बढेर १११ दिन पुगेको कँडेलले जानकारी दिनुभयो ।
मनसुनी प्रणाली छिमेकी मुलुक भारत हुँदै नेपालको पूर्वी भूभागबाट भित्रने गर्छ । भूमध्य रेखाको प्रशान्त महासागरमा विकसित हुने मनसुन प्रणाली उत्तरतिर सर्ने क्रममा माल्दिभ्स, श्रीलङ्का हुँदै म्यान्मारको आकाशमा पुग्छ । त्यसपछि बङ्गलादेश र भारतमा भित्रिएपछि बल्ल नेपालको आकाशमा मनसुन भित्रिन्छ ।
यति बेला मनसुनी प्रणाली भारतको आकाशमा आइपुगेको छ । अबको एक साताभित्र अन्य कुनै प्रणालीले असर नगरेमा केही दिन पर गएर मनसुन नेपाल भित्रने छ । यद्यपि बाह्य प्रभावले केही दिन वर वा पर हुन सक्ने सम्भावनालाई नकार्न नसकिने मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरको भनाइ छ । उहाँका अनुसार मनसुन रेखा भारतको केरलामा समेत सुरु भइसकेको छैन । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व