माथिल्लो तामाकोसी जलविद्युत् आयोजना : परीक्षण प्रसारण दुई हप्तापछि

चरीकोट, जेठ १९ गते । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दुई हप्तापछि विद्युत् परीक्षण प्रसारण गर्ने तयारी गरेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले मुख्य संरचनाहरूको प्राविधिक परीक्षण गरिसकएकाले दुई हप्तापछि विद्युत् परीक्षण प्रसारण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाका जोखिम तथा चुनौतीपूर्ण मानिएका ३७३ मिटर अग्लो तल्लो मुख्य पाइप र ३१० मिटर अग्लो माथिल्लो मुख्य पाइप र साँघुरो पाइप जोड्ने करिब सय मिटर तेर्सो मुख्य पाइपको प्राविधिक परीक्षण सफल भएको छ ।
पावर हाउसका पाँच युनिटमध्ये एकको प्राविधिक परीक्षण सफल भएको छ । अब पावर हाउसका पाँचवटा युनिट र सुरुङ अडिट गेटको प्राविधिक परीक्षण थालिएको छ । यिनको प्राविधिक परीक्षण सकिएपछि विद्युत् परीक्षण प्रसारण गरिन्छ । यी संरचनामा पानी पठाउँदै परीक्षण गर्दै पानी सुकाएर हेर्नुपर्ने हुनाले समय लागेको हो ।
असार महिनासम्ममा दुईवटा युनिटबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको जानकारी दिँदै प्रवक्ता डा. न्यौपानेले भन्नुभयो, “आयोजनाको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिएको ८२२ मिटरको वाटरहेड धान्ने मेनसट अफ भल्भ तथा छवटा युनिटमा जडान गरिएका मेन इन्लेट भल्भहरूको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ । ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।