माथिल्लो तामाकोसी जलविद्युत् आयोजना : परीक्षण प्रसारण दुई हप्तापछि

चरीकोट, जेठ १९ गते । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाले दुई हप्तापछि विद्युत् परीक्षण प्रसारण गर्ने तयारी गरेको छ । आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले मुख्य संरचनाहरूको प्राविधिक परीक्षण गरिसकएकाले दुई हप्तापछि विद्युत् परीक्षण प्रसारण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार आयोजनाका जोखिम तथा चुनौतीपूर्ण मानिएका ३७३ मिटर अग्लो तल्लो मुख्य पाइप र ३१० मिटर अग्लो माथिल्लो मुख्य पाइप र साँघुरो पाइप जोड्ने करिब सय मिटर तेर्सो मुख्य पाइपको प्राविधिक परीक्षण सफल भएको छ ।
पावर हाउसका पाँच युनिटमध्ये एकको प्राविधिक परीक्षण सफल भएको छ । अब पावर हाउसका पाँचवटा युनिट र सुरुङ अडिट गेटको प्राविधिक परीक्षण थालिएको छ । यिनको प्राविधिक परीक्षण सकिएपछि विद्युत् परीक्षण प्रसारण गरिन्छ । यी संरचनामा पानी पठाउँदै परीक्षण गर्दै पानी सुकाएर हेर्नुपर्ने हुनाले समय लागेको हो ।
असार महिनासम्ममा दुईवटा युनिटबाट विद्युत् उत्पादन गर्न सकिने देखिएको जानकारी दिँदै प्रवक्ता डा. न्यौपानेले भन्नुभयो, “आयोजनाको सबैभन्दा संवेदनशील र चुनौतीपूर्ण मानिएको ८२२ मिटरको वाटरहेड धान्ने मेनसट अफ भल्भ तथा छवटा युनिटमा जडान गरिएका मेन इन्लेट भल्भहरूको प्राविधिक परीक्षण सफलतापूर्वक सम्पन्न भएको छ । एक युनिटबाट ७६ मेगावाट विद्युत् उत्पादन हुन्छ । ”

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

बजेट आर्थिक सुधारको अन्तिम किस्ता होइन : अर्थमन्त्री पौडेल

  काठमाडौँ, जेठ २७ – उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट आर्थिक सुधारको

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

पूर्वमन्त्री मोहन बस्नेत विरुद्ध तीन अर्ब २१ करोडको  भ्रष्टाचार मुद्दा दर्ता

  जेठ १,काठमाडौँ  । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री मोहन बस्नेतविरुद्ध