मन्त्रिपरिषद्ले गर्यो यस्ता तीन महत्वपूर्ण निर्णयहरु

काठमाडौँ, १८ जेठ । सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले तीन वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

बैठकले एसईई परीक्षा आन्तरिक मूल्याङ्कनबाटै गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा यसवर्षको परीक्षा पनि आन्तरिक मूल्याङ्कन (सम्बन्धित विद्यालयको)अनुसार नै गर्ने निर्णय भएको ज्ञवालीको भनाइ छ । बैठकले सरकारले भारतसँग मल खरिद् प्रक्रिया अघि बढाउने भएको छ । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले किसानको समस्यालाई निराकरण गर्नेगरी जी टु जी (सरकार–सरकारबीच खरिद् सम्झौता) माध्यमबाट पाँच वर्षका लागि मल खरिद् प्रक्रिया अघि बढाउने निर्णय गरेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पाँच वर्षका लागि सम्झौता गर्न लागिएको हो । सुरुमा एक लाख मेट्रिक टन युरिया लगायतका मल खरिद् गर्नेगरी सम्झौता गर्ने कुरा भएको छ । त्यो वर्षेनि वृद्धि गर्नेगरी सम्झौताको प्रक्रिया अघि बढाइने छ ।”

मन्त्री ज्ञवालीले सरकारले स्वास्थ्यकर्मी लक्षित अध्यादेश ल्याउन लागेको जानकारी दिनुभयो । अध्यादेशमा स्वास्थ्यकर्मीहरूको सेवा, सुविधा, सुरक्षा आदि विषय समेटिने बताइएको छ । आजै अध्यादेश जारी हुने अर्का एक मन्त्रीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ढुङ्गाका आकृतिले तान्दै पर्यटक

वैशाख ५,दमौली (तनहुँ)। नुवाकोटको विदुर नगरपालिका-११ वासुदेव अवस्थीलाई पहिलो पटक ऐनापहरा पुग्दा निकै आकर्षक लाग्यो

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

दुई विधेयक पारित दुई ऐन संशोधन

 पुस १५, बुटवल। बुटवल उपमहानगरपालिकाको चौधौँ नगर अधिवेशन दुई वटा विधेयक पारित र दुई वटा

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र