एसईई तथा कक्षा १२ को परीक्षा : कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौँ, जेठ १४ गते । माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षाको मोडालिटीको विषयमा अध्ययन गरी सुझाव दिन गठित कार्यदलले बिहीबार आफ्नो प्रतिवेदन बुझाएको छ । कोरोना भाइरस सङ्क्रमणको अवस्थामा परीक्षाका विभिन्न विकल्प सुझाउँदै कार्यदलले राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेललाई प्रतिवेदन बुझाएको हो ।
कार्यदलले सरोकारवालासँग छलफल गरी आफ्नो प्रतिवेदन बुझाएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । अब प्रतिवेदनउपर बोर्डको बैठकमा छलफल गरी सरकारसँग आवश्यक परामर्श गरी निर्णय गरिने जानकारी उहाँले दिनुभयो ।
कार्यदललाई सरोकारवालाले एसईईको परीक्षा विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा गर्नुपर्ने र कक्षा १२ को भने अन्तर्राष्ट्रिय मान्यतासमेत भएकोले परीक्षा लिनुपर्ने सुझाव दिएको जनाइएको छ । खासगरी सङ्क्रमण अवस्थाको आकलन र परीक्षाको मोडालिटीलाई सँगै राखेर विश्लेषण गरेर मात्र निचोडमा पुग्नुपर्ने अवस्था रहेको अध्यक्ष पौडेलले बताउनुभयो । सङ्क्रमणको अवस्थामा विदेशका बोर्डहरूले गरेको अभ्यास र निर्णयलाई आधार मानेर प्रतिवेदन सिफारिस गरिएको
जनाइएको छ ।

छिट्टै टुङ्गो : मन्त्रालय
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै नै परीक्षाको विकल्पका बारेमा टुङ्गो लगाइने जनाएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्माले कार्यदलले प्रतिवदेन बुझाएको अवस्थामा अब निर्णय हुन धेरै दिन नलाग्ने बताउनुभयो । मन्त्रालयका प्रवक्ता शर्माका अनुसार व्यवस्थापकीय पक्ष मात्रै व्यवस्थापन गर्नुपर्ने अवस्था भएमा बोर्डले गर्ने निर्णयकै आधारमा परीक्षाको विधिको टुङ्गो लाग्नेछ । साथै, परीक्षा सञ्चालनका लागि कुनै नयाँ नीतिगत निर्णय लिनुपर्ने भए मन्त्रालयले र नयाँ कानुनी जटिलता फुकाउनुपर्ने अवस्थामा सरकारले निर्णय गर्ने जानकारी उहाँले दिनुभयो । यसका लागि कति दिन लाग्छ भन्ने कुरा प्रतिवेदन अध्ययन गरेपछि मात्रै भन्न सकिने उहाँको भनाइ छ ।
गत वर्ष पनि एसईईका विद्यार्थीको विद्यालयले आन्तरिक मूल्याङ्कनका आधारमा गरिएको थियो भने कक्षा १२ का विद्यार्थीलाई ४० अङ्कको लिखित परीक्षा लिइएको थियो ।
यस पटक बोर्डले नेपालमा कोरोना भाइरस बढेर एसईई तथा कक्षा १२ को परीक्षाको कार्यतालिका स्थगित गरेपछि कसरी परीक्षा सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा गत वैशाख २७ गते अध्ययन कार्यदल गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो ।
यसबीचमा कार्यदलले परीक्षा कसरी सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा निजी विद्यालयका सञ्चालक, शिक्षकका संस्था, अभिभावकलगायतका सरोकारवालासँग सुझाव लिएको थियो । यसपटक जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने गरी बोर्डले कार्यतालिका सार्वजनिक गरेको थियो तर सङ्क्रमण बढेपछि परीक्षा
रोकिएको हो ।
यसैबीच एसईई तथा कक्षा १२ को परीक्षामा हाल देखिएको अन्योल हटाउन र परीक्षा विधिको बारेमा छिटो निर्णय गर्न माग गरिएको छ । नेपाल अभिभावक महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले विद्यार्थी, अभिभावक, शिक्षकलगायतका सरोकारवालामा परीक्षाको अन्योल देखिएको उल्लेख गर्दै परीक्षाको विधिका बारेमा तत्काल टुङ्गो लगाउनुपर्ने बताउनुभयो । कार्यदललाई सरोकारवालाहरूले एसईई विद्यालयबाटै आन्तरिक मूल्याङ्कनबाट र कक्षा १२ परीक्षा लिनुपर्ने सुझाव दिइएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

ठूला सेयरधनीलाई कालोसूचीमा राख्ने प्रावधान संवैधानिक: सर्वोच्च

काठमाडौँ, १३ वैशाख २०८३।सर्वोच्च अदालत को संवैधानिक इजलासले १५ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व