देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको छैन:सुरेन्द्र पाण्डे,योगेश भट्टराई,जयकुमार राई

 २०७८ जेठ ७ गते, काठमाडौं । नेकपा एमालेका सुरेन्द्र पाण्डेले शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन वैकल्पिक सरकार दावी गर्ने २७ जना एमाले सांसदको हस्ताक्षर दुरुपयोग भएको बताएका छन् ।
  नेता पाण्डेले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको र पुरानै दस्तखत प्रयोग गरिएको हुन सक्ने बताए ।

पाण्डेले भने- पुरानै दस्तखत होला, मैले गरेको छैन र थाहा पनि छैन । मैले नेताहरूलाई त्यो बाटोमा नजानुस् भनेको थिएँ ।

सुनसरी क्षेत्र नम्बर १ का माधव नेपाल पक्षीय प्रतिनिधिसभा सदस्य जयकुमार राईले आफूले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर नगरेको बताए ।

आफू एमाले विभाजन कुनै पनि हस्ताक्षरमा सहभागी नभएको राईले नेपाल प्रेसलाई बताए । उनले भने, “म एमाले एकताको पक्षमा छु। एमालेका लाखौं नेताकार्यकर्ताको भावनालाई सम्मान गर्दै म पार्टी विभाजनको पक्षमा कतै हस्ताक्षर गरेर सहभागी भएको छैन । हुन्न ।”

 योगेश भट्टराईले पनि देउवालाई प्रधानमन्त्री बनाउनका लागि हस्ताक्षर गर्न असहमत भएका छन्। भट्टराई निकट स्रोतले उनले हस्ताक्षर नगरेको  जानकारी दियो।

सुरेन्द्र पाण्डे र योगेश भट्राई स्रोतका अनुसार ९५ प्रतिशत माधब नेपाल निकट साम्सदहरुको देउवालाई प्रधानमन्त्री बनाउन असहमति भएका छन्, माधन नेपालको एकल जिद्धिका कारण हाम्रो असहमती हुँदाहुँदै पनि पुरानो अन्य प्रयोजनका लागि गरिएको सहिलाई देउवाको पक्षमा भनेर दुरुपयोग भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

दुर्गा पन्तको स्वर्णसँगै विश्व योग च्याम्पियनसिपमा नेपालको ऐतिहासिक उपलब्धि

अहमदावाद, भारत — भारतको अहमदावादमा जुन ४ देखि ८, २०२६ सम्म सम्पन्न प्रथम विश्व योग च्याम्पियनसिपमा

श्रम अधिकारमाथि बढ्दो हस्तक्षेपबारे जेटियुसिसीको अन्तर्राष्ट्रिय मञ्चमा चिन्ता

काठमाडौँ, जेठ २८ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष विनोद श्रेष्ठले नेपालमा

बिजुलीमा ५ प्रतिशत भ्याट लगाउने निर्णयको विरोध, लाखौँ उपभोक्ता प्रभावित हुने चिन्ता

 जेठ १७, काठमाडौं। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत

ईयू आबद्ध देशका राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट

काठमाडौं  जेठ १२, । प्रधानमन्त्री वालेन्द्र शाह र नेपालका लागि युरोपेली संघ (ईयू) मा आबद्ध

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा