कोरोनाबाट बच्न प्रयोग गर्नुस् यस्ता आयुर्वेदिक औषधि

काठमाडौं,बैशाख १९, कोरोना (कोभिड–१९) सङ्क्रमणको दोस्रो लहरले आतङ्कित भएको बेला रोग लाग्नै नदिने उपायतिर धेरैको ध्यान गएको छ । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन खानपान, जडीबुटी र आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिन आयुर्वेद चिकित्सकहरूको सुझाव छ । यसका लागि जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि सेवन गर्न राजधानीको नरदेवीस्थित केन्द्रीय आयुर्वेद चिकित्सालय निर्देशक डा. प्रदीप केसी जोड दिन्छन् ।

 
तर हाल होम आइसोलेसनमा बसेका, सामान्य लक्षण भएकाहरूले यस्ता औषधिको सेवन गर्नु उपयुक्त हुने उहाँको भनाइ छ । यो औषधि सेवनले उनीहरूलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्न मद्दत गर्छ । चिकित्सालयले कोरोना भाइरसको सङ्क्रमण वा रोगबाट स्वस्थ राख्न रोग प्रतिरोधात्मक क्षमता वृद्धिका लागि विभिन्न १२ जडीबुटी मिश्रित तीन प्रकारका औषधि उत्पादन गरेर वितरण गरिरहेको जानकारी दिए ।

उनका अनुसार विभिन्न जडीबुटीबाट बनाइएका जेष्ठवासादि, गुडुची र यष्ठिमधु मिश्रित चूर्ण तयार गरी बिरामीलाई दिने गरेको छ । मौसमी रुघाखोकीका बिरामीलाई लक्षित गरी वर्षौंदेखि उत्पादन गरिँदै आएका चूर्ण हाल कोरोनाका बिरामीलाई निःशुल्क वितरण गर्दै आएको जानकारी दिए। “कोरोना सङ्क्रमितमा देखिने लक्षण र समस्या समाधान गर्न यो औषधि सेवन गर्नु फाइदाजनक छ ।

नरदेवीले हाल प्रयोग भएकाबाहेक ग्यास्ट्रिक, जन्डिस, कलेजो, पाचन प्रणालीमा खराबी, जोर्नी दुख्ने, शरीर सुन्निने समस्या तथा मालिस गर्ने तेललगायत विभिन्न २६ प्रकारका औषधि उत्पादन गर्दै आएको छ । यस मिश्रणमा असुरो, तालिसपत्र, पर्यटक, प्रियङ्गु, नागकेशर, जातिफल, ल्वाङ, सुकुमेल, दालचिनी, वंशोलोचन, गुर्जो, जेठीमधुजस्ता जडीबुटीहरू अधिक मात्रामा छन् ।

यस मिश्रणमा भाइरसजन्य रुघाखोकी, सिजनल फ्लु, ज्वरो आउने, घाँटी दुख्ने, अरुचि, गन्धनाश हुने आदि लक्षणलाई निर्मूल पार्न चाहिने सक्रिय तत्वहरू रहेको कुरा वैज्ञानिक अनुसन्धानमा नै देखिएको डा. केसीको भनाइ छ । कोरोना सङ्क्रमित भएका र सङ्क्रमण नभएका सबैले यो उपाय अवलम्बन गर्न आयुर्वेद चिकित्सालय नरदेवीले सार्वजनिक रूपमा समेत आह्वान गरेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।