साँझ परेपछि बालुवाटारमा पुगेको सूचना

काठमाडौं,बैशाख १५,रात परेपछि बालुवाटारमा कस्ता कस्ता सूचना पुग्दा रहेछन् भने, सुन्नासाथ प्रधानमन्त्री झस्किहाल्ने । ९ गते आइतबार रातिको एउटा सूचनाका कारण ओलीपक्षीय केन्द्रीय सदस्यहरुले सोमबार बिहानबिहानै दुःख पाए ।

राति त्यहाँ पुगेको सूचना थियो, ‘नेपाली कांग्रेसले भोलि दिउँसो अविश्वासको प्रस्ताव दर्ता गर्ने भयो । त्यसमा माओवादी केन्द्र र जसपाका सांसदले हस्ताक्षर गर्ने र सदनमा पेश हुँदा माधव नेपालपक्षले फ्लोर क्रसमार्फत सघाउने बचन दिएको छ ।’ अर्को डर थियो, माधव नेपालपक्षले आफूहरुलाई कारवाही गर्ने केपी ओलीको निर्णय कार्यान्वयन नहोस् भन्नका लागि सर्वोच्चमा दायर रिटमाथि आइतबार नै आदेश हुने र त्यो आदेशले सबै निर्णय प्रभावित हुने । त्यसकारण यी दुई काम हुनुअगावै ‘केही गर्नुपर्ने’ हुटहुटी जाग्यो । र, राति ११ बजे महाधिवेशन आयोजक कमिटी सदस्यहरुको मोबाइलमा एसएमएस बज्न थाल्यो, भोलिपल्ट बिहान १० बजे बालुवाटारमा बैठकबारे ।

कम्युनिष्ट पार्टीको बैठक त महासचिवले बोलाउने हो, तर केन्द्रीय सदस्यहरुले पाएकै म्यासेज हेरेर महासचिव ईश्वर पोखरेल पनि एकछिन चकित खानुभयो । भोलिपल्ट नेताहरु समयमै बालुवाटार पुगे । तर, साढे दुई घण्टा पर्खिनेमा परे । पछि प्रधानमन्त्री पुगे, १० मिनेटमा आफ्नो कुरा राखेर ‘बैठक’ सिध्याए । ‘केन्द्रीय कमिटी बैठक’ भनेका कारण सबैजसो नेताहरु ३ नं. गेट नजिकैको हलमा भेला भएका थिए । तर, डा.पुष्प कँडेलसहित नवनियुक्त स्थायी कमिटीका सदस्यहरुलाई बोलावट आयो र उनीहरु भित्रिए । अर्थात्, आयोजक कमिटीअघि स्थायी कमिटी बैठक बस्यो । भित्र के–के कुरा भयो, अरुलाई थाहा भएन ।

प्रधानमन्त्रीले हलभित्र छिरेर केही कुरा राखेपछि सबै केन्द्रीय सदस्यलाई एउटा व्यहोरा नखुलाइएको कागजमा सही गर्न लगाइयो । सबै लाइन लागेर सही गर्न थाले । अचम्म के भने स्पष्टिकरण चित्त नबुझे कारवाहीको अधिकार ६ गतेकै बैठकले स्थायी कमिटीलाई दिइसकेको थियो । त्यसो हुँदाहुँदै यही प्रयोजनका निम्ति फेरि आयोजक कमिटीको भेला गराइयो । यदि स्पष्टिकरण सोधिएका सांसदलाई कारवाही गर्नु परेमा त्यही हस्ताक्षरका आधारमा हुने गरी उनीहरुलाई सही  गराइएको गाइँगुइँ चल्दै थियो । तर, एमालेको जटिलता कस्तो छ भने, केन्द्रीय कमिटीकै निर्णयअनुसार स्पष्टिकरण सोधिएका सांसदहरुको पद रिक्त गराउन खोजियो भने पनि मिल्दैन । किनभने, सांसद पद रिक्त हुने तीन प्रकारका व्यवस्थामध्ये कुनै पनि अवस्था अहिले छैन । न उनीहरुले दल परित्याग गरेका छन्, न राजनीतिक दल विभाजित गराएका छन्, न त पार्टीको ह्वीप उल्लंघन गर्दै फ्लोर क्रस नै गरेका छन् । माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषालसहितका सांसदलाई संसद सदस्य नरहने  गरी कारवाही नै गर्नुपर्ने भयो भने पनि उहाँहरुले पार्टी ह्वीपको उल्लंघन गर्दैै फ्लोर क्रस गरेपछि मात्रै हो । त्यसअघि कारवाहीका अंगहरु पुग्दैनन् । 

आजको जनआस्थासाप्ताहिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।