गत वैशाख ३ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव फेल गराउन फ्लोर क्रस गरेका सांसदहरू प्रकाश ज्वाला, अमरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढालाई एमालेले शुक्रबार पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यसलाई ओली नेतृत्वको एमालेले कडा कारबाहीको रूपमा व्याख्या गरेको छ ।
१० औं महाधिवेशन आयोजक कमिटीको शुक्रबार बसेको बैठकपछि प्र्रवक्ता प्रदीप ज्ञवालीले स्पष्टीकरण सोधिएकामध्ये संघीय संसद्का अधिकांश सांसदको स्पष्टीकरण आइसकेको र उनीहरूको सन्दर्भमा के गर्ने भनेर थप अध्ययन गरी निर्णय गर्न आयोजक कमिटीले स्थायी कमिटीलाई जिम्मा दिएको बताए । ‘एक खालको संकेत यहाँहरूले पाइसक्नुभएको छ, पार्टीको निर्देशन नमान्ने कर्णाली प्रदेशका साथीहरूलाई हामीले कडा कारबाही गरेका छौं । त्यो खालको स्थिति नआओस् भन्ने हाम्रो प्रयास छ, बैठकमा साथीहरूको संख्या अझ थपिँदै छ,’ उनले भने, ‘साथीहरूले आन्दोलन र आफैंलाई नोक्सान गर्ने निर्णय गर्नुहुन्न भन्ने विश्वास छ ।’ यो समाचार कान्तिपुर दैनिकमा छ ।
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।