माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

काठमाडौं ,बैशाख ६, रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ । यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त भइसकेको छ । यसै क्रममा थापालाई राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएको हो । थापाको ठाउँमा ३५ दिनभित्रै उपनिर्वाचन गर्नुपर्ने कानुनी बाध्यता रहेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन–२०७५ अनुसार कुनै सदस्यको पदावधि ६ महिनाभन्दा बढी कायम रहेको अवस्थामा कुनै कारणले निजका पद रिक्त भएमा रिक्त भएको ३५ दिनभित्र उपनिर्वाचन गर्नुपर्ने उल्लेख छ ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेकपा माओवादी केन्द्रको पत्रअनुसार आइतबार बादलका सांसद पद रिक्त गरेका थिए । सांसद पदसँगै बादलको गृहमन्त्री पद पनि स्वतः रिक्त भएको थियो । तर सरकारले उनलाई पुनः गृहमन्त्रीमा नियुक्ति गरेको छ । बादल नेकपा माओवादी केन्द्रबाट ०७४ को निर्वाचनमा बागमती प्रदेशबाट सदस्य निर्वाचित भएका थिए ।

त्यस्तै, रिक्त १२ स्थानमा उपनिर्वाचन गर्नुपर्ने अवस्था उत्पन्न भएको छ । ती स्थानमा यसअघि माओवादी केन्द्रले जितेको थियो । चार जना प्रतिनिधिसभा सदस्य र आठ जना प्रदेशसभाबाट जितेकाहरू माओवादी सांसदहरू एमालेतर्फ लागेपछि माओवादीले कारबाही गर्दा ती स्थान रिक्त बन्न पुगेको हो ।

आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।