April 10, 2021

रासायनिक मल कारखाना छ वर्षभित्र निर्माण हुन्छ

अहिले रासायनिक मल सबै विदेशबाटै आयात भएको अवस्थामा १ खर्ब ३ अर्ब रुपैंया लागतमा ७ लाख मेट्रिक टन मल उत्पादन हुनेगरी रासायनिक मल कारखानाको प्रक्रिया अगाडि बढेको छ ।

मलको माग
हाल देशमा झण्डै २१ लाख मेट्रिक टन मलको आवश्यक छ । जसमा फलफूल तथा अन्य कृषि बालीबाहेक ११ लाख मेट्रिक टन र नभईनहुने मलको माग ७ लाख मेट्रिक टन रहेको छ । रासायनिक मल स्थापनापछि भने नभई नहुने अत्यावश्यक मलको आपूर्ति हुने लक्ष्य मन्त्रालयको छ । अहिले भने साढे ४ लाख मेट्रिक टन मलको मात्रै आपूर्ति भएको छ । विकल्पको रुपमा दानादार मल, धुलो मल लगायत प्राङ्गारिक मल उत्पादनमा जोड दिइएको मन्त्रालयका कृषि सचिव डाक्टर योगेन्द्रकुमार कार्कीले बताउनुभयो । हाल छिमेकी मुलुक भारत लगायतका देशबाट प्रति मेट्रिक टन ४३ हजार रुपियाँमा आयात भइरहेको छ ।  स्वदेशमै मल उत्पादन भएको अवस्थामा प्रति मेट्रिक टन ४१ हजार रुपियाँमा उपलब्ध हुनसक्ने आंकलन छ । मन्त्रालयले बजारमा मलको अभाव नभएको र कुनै कृषक मल नपाएर भौतारिएको अवस्था छ भने सम्बन्धित निकाय र सोझै मन्त्रालयमा पनि सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।
तत्कालको प्रक्रिया
मन्त्रिपरिषद्बाट रासायनिक मल कारखाना देशमै स्थापना गर्ने निर्णय पारित भएसँगै अब भने यसको प्रक्रिया लगानी बोर्डबाट अगाडि बढ्नेछ । यसअघि कृषि तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय गरि तीन मन्त्रालयको नेतृत्वमा तीन वटै मन्त्रालयका सचिवस्तरीय अध्ययन, अनुसन्धानमा रासायनिक मल कारखाना खोल्ने निर्णय भएको हो ।
यसपछि पीपीई मोडल अन्तर्गत डिपिआर निर्माण गर्ने, लगानीकर्ताहरु खोज्ने, नेचुरल ग्याँसको सम्भाव्यता भए भारतबाट पाइपलाइनको सम्भाव्यता खोज्ने वा वाटर इलेक्ट्रोलाइट्स्को लागि पानी र भौगोलिक अवस्थाको सम्भाव्यता खोज्ने र निर्णयमा पुग्ने कुराहरु तत्काल अगाडि बढाउनुपर्नेछ । रासायनिक मल कारखानाको स्थान भने झापा, नवलपरासी, जनकपुर, कैलाली वा जुनसुकै जिल्लामा हुनसक्ने तर बस्तीबाट टाढा र सुरक्षित स्थानमा हुनुपर्नेछ ।

माग आपूर्तिका लागि जीटीजी पहल
हाल कृषि बजारमा छिमेकी मुलुक भारत, बंगलादेशबाट मल आपूर्तिको लागि पहल भएको छ । छिमेकी राष्ट्र भारत लगायतका देशबाट जीटीजी, ग्लोबल टेन्डरमार्फत मलहरु आयात भइरहेका छन् । जीटीजीको प्रक्रिया पुरा भएपछि थप सस्तोमा मल उत्पादन हुने सचिव कार्कीले जानकारी दिनुभयो । त्यसो त, छिमेकी भारत र बंगालदेशले पनि अन्य देशहरुबाट मल आयात गर्ने गर्दछन् ।

प्राकृतिक ग्याँसमा जोड
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पहिलो चरणको अध्ययनमा नेचुरल ग्याँसलाई अगाडि बढाउन सुझाव दिएको सचिव कार्कीले बताउनुभएको छ । यसपछि पीपीई मोडल अन्तर्गत लगानी बोर्डको नेतृत्वमा अन्य प्रक्रिया अगाडि बढ्ने भए पनि पानी र बिजुलीबाट सञ्चालन हुनसक्ने अर्थात् वाटर इलेक्ट्रोलाइट्स्को सम्भावना पनि छ । कुन हिसाबले कृषिक्षेत्र र कृषकलाई फाइदाजनक वा सुलभ पर्छ सो अनुसार प्रक्रिया अगाडि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा