फोहोर व्यवस्थापनमा समस्या

काठमाडौँ, चैत २० गते । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ ।
महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पु¥याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको वार्ता सहमतिमा पुग्न नसकेको सिसडोलवासी केदार पौडेलले जानकारी दिनुभयो । “पटक–पटक आन्दोलन गर्दा थाकिसक्यौँ, यस पटक यो समस्यालाई सधैँका लागि अन्त्य गर्ने लक्ष्यसहित आएका छौँ, आशा छ भोलि वार्ता सहमतिमा टुङ्गिन्छ होला,” पौडेलले भन्नुभयो । काठमाडौँको फोहोर व्यवस्थापन हुँदै आएको नुवाकोट, ओखरपौवा, सिसडोलका बासिन्दाले अवरोध पु¥याएपछि एक सातादेखि फोहोर उठेको छैन । राजधानीका सडकमा अहिले फोहोर थुप्रिन थालेको छ ।
विगतमा भएको सहमतिबमोजिम महानगरपालिकाले ल्यान्डफिल्ड साइट क्षेत्रका बासिन्दाका लागि गर्नुपर्ने काम नभएको भन्दै स्थानीय बासिन्दाले चैत १३ गतेदेखि फोहोर लैजान अवरोध गरिरहेका छन् । ल्यान्डफिल्ड साइट सङ्घर्ष समितिका संयोजक अनिश शर्मा ढुङ्गानाले महानगरपालिकासँग लिखित रूपमा सहमति नभएसम्म विरोध नरोकिने जानकारी दिनुभयो ।
काठमाडौँ महानगरपालिका वातावरण प्रशासन महाशाखा प्रमु्ख सरिता राईले फोहोरको समस्या समाधानका लागिप्रभावित स्थानीयवासीसँग वार्ता जारी रहेको जानकारी दिँदै शुक्रबार हुने वार्ताले सकारात्मक नतिजा आउने आशा व्यक्त गर्नुभयो । विगत १३ वर्षदेखि उपत्यकाको फोहोर व्यवस्थापन हुँदै आएको सो ल्यान्डफिल्ड साइटमा दैनिक एक हजार दुुुई सय मेट्रिक टन फोहोर व्यवस्थापन हँुदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

सम्बन्धविच्छेदको मिलापत्र : मुद्दाको अन्त्य मात्र होइन, जिम्मेवार नयाँ जीवनको कानुनी सुरुवात

– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना