केयूकेएलले सेयर जारी गर्ने

काठमाडौँ, चैत १९ गते । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले सर्वसाधारणका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । मेलम्चीको पानी काठमाडौँ आइसकेपछि लिमिटेडको आर्थिक अवस्थामा सुधार हुने प्रक्षेपणसहित सर्वसाधारणका लागि सेयर जारी गर्ने योजना बनेको हो ।
कम्पनीप्रति सबैको अनपत्व बढाउन र केयूकेएललाई अझ व्यवस्थित गरी नाफामा लैजानका लागि साधारण सेयर जारी गर्ने योजना रहेको प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्य शाक्यले जानकारी दिनुुभयो । लगातार तीन वर्ष नाफामा देखिए अर्को आर्थिक वर्षमा सेयर जारी गर्न पाइने व्यवस्थाअनुसार तयारी भएको उहाँको भनाइ छ ।
हाल केयूकेएलले दैनिक करिब आठ करोड लिटर पानी वितरण गर्दै आएको छ । दैनिक १७ करोड लिटर मेलम्चीको पानी थप भएपछि अहिले केयूकेएलले दैनिक २५ करोड लिटर पानी वितरण सुरु गरेको छ । मेलम्चीको दोस्रो आयोजनाअन्तर्गत याङ्ग्री र लार्के खोलाको १७÷१७ करोड लिटर पानी थप भएपछि केयूकेएलले दैनिक ५१ करोड लिटर पानी वितरण गर्नेछ । जसको कारोबार हालको भन्दा करिब सात गुणा बढी हुनेछ ।
मेलम्ची आइसकेपछि केयूकेएलप्रति आमउपभोक्ताको धारणामा सकारात्मक परिवर्तन हुने अनुमान केयूकेएलको छ । पानी पर्याप्त भइसकेपछि समय तालिकाअनुसार वितरण नियमित र प्रभावकारी हुनेछ । जसले गर्दा कम्पनीको नाफा बढ्न गई आकर्षण पनि बढ्ने केयूकेएलका प्रमुख कार्यकारी अधिकृत र शाक्यको दाबी छ ।
केयूकेएलमा काठमाडौँ महानगरपालिकाको २४ प्रतिशत, ललितपुर महानगरपालिकाको ८ प्रतिशत, काठमाडौँ उपत्यकाभित्रका १६ वटा नगरपालिकाको ८ प्रतिशत गरी ४० प्रतिशत सेयर हिस्सा स्थानीय तहहरूको छ । “केयूकेएल सार्वजनिक निजी साझेदारी मोडलमा सञ्चालित भएकाले कम्पनीको प्रबन्धपत्रअनुसार सर्वसाधारणका लागि सेयर जारी गर्छौं,” शाक्यले भन्नुभयो ।
एक अर्बको अधिकृत पुँजी रहेको कम्पनीमा खानेपानी तथा सरसफाइ मन्त्रालयको २४ प्रतिशत सेयर छ । त्यस्तै नेपाल चेम्बर अफ कमर्सलगायत चारवटा निजी क्षेत्रका संस्थाको १२ प्रतिशत सेयर छ । कर्मचारी ट्रस्टका लागि ४ प्रतिशत र कर्मचारीका लागि ५ प्रतिशत सेयर छ । बाँकी १५ प्रतिशत सेयर सर्वसाधारणलाई दिने व्यवस्था छ ।
केयूकेएलले १० हजार लिटर पानीको एक सय रुपियाँ महसुल लिने गरेको छ । १० हजार लिटरपछि प्रत्येक हजार लिटरको ३२ रुपियाँ थप हुँदै जाने व्यवस्था छ । सेवा प्रभावकारी बनाएपछि शुुल्क बढाउने केयूकेएलको योजना छ । हाल केयूकेएलले वर्षमा ९५ करोड बराबरको पानी वितरण गर्दछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

जोर्डन आक्रमणपछि अमेरिका–इरान आमनेसामने, होर्मुज क्षेत्र थप तनावग्रस्त

दुबई, साउन ३ (रासस)। जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको आक्रमणमा अमेरिकी सैनिकको मृत्यु भएपछि त्यसको

राइडर गणेश नेपालीको मृत्यु : अत्यधिक जरिवाना र श्रमिकको मानसिक दबाबबारे गम्भीर बहस

राइडर्स युनियनको प्रश्न– ‘समस्या नीतिमा छ, तीन ट्राफिकमाथिको छानबिनले मात्र समाधान हुँदैन’ काठमाडौं, असार २६

राहदानी विभागअगाडि आत्मदाह प्रयास : राइडर्स युनियनद्वारा छानबिन, उपचार र प्लेटफर्म श्रमिकको सुरक्षा सुनिश्चित गर्न माग

काठमाडौं, असार २६ । काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि राइड सेयरिङ चालक गणेश नेपालीले आत्मदाहको प्रयास गरेपछि

हेटौँडा कपडा उद्योगमा परीक्षण उत्पादन सुरु, सात रुग्ण उद्योगको मूल्याङ्कन अघि बढ्दै

काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा