आमअनुमानभन्दा फरक मोड लिँदै देशको राजनीति

चैत ११, आमअनुमान थियो– कांग्रेसले अविश्वासको प्रस्ताव ल्याएमा वा माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएमा केपी ओलीको सरकार ढल्छ । तर, अब देशको राजनीतिले यस्तो आमअनुमानभन्दा फरक मोड लिँदैछ ।

हिजो राजपा र उपेन्द्र यादवहरुले साकारलाई दिएको समर्थन फिर्ता लिँदा ओलीसँग १७४ सांसदको राम्रै बहुमत थियो । त्यसैले विश्वासको मत लिनुपर्ने कुरा उछालिएन । तर, अब त माओवादीको ढिक्कै अलग भयो  । अर्थात्, फागुन २३ गते सर्वोच्च अदालतले नेकपालाई ०७५ जेठ ३ अगाडिको अवस्थामा फर्किनु भन्दै यो सरकारलाई संविधानको धारा ७६ (२) अन्तर्गत दुई वा दुईभन्दा बढी दलको गठबन्धन भनिसकेको छ । ७६ (१) को सरकार भनेको नेकपा हुँदा एकल पार्टीको थियो, तर २ मा गएपछि त्यो एमालेको मात्रै भयो, माओवादीको सरकार रहेन । शुरुमा धारा ७६ (२) अनुसार बनेको सरकार एमाले, माओवादीबीच एकता भएपछि ७६ (१) को भएको हो । २३ गते त्यसलाई अदालतले फुटाइदियो । अर्थात्, सत्तारुढ दल विभाजित भयो । यो स्थितिमा संविधानको धारा एक सयको उपधारा २ ले भन्छ, ‘३० दिनभित्र विश्वासको मत लिनुपर्छ ।’

अदालतले फागुन २३ गते एमाले र माओवादीलाई अलग हुन भनेकै मितिलाई पहिलो दिन मान्दा चैत २३ मा ३० दिन पूरा हुन्छ । अहिले संसदले पर्खिएको त्यही दिनलाई हो । जबकि माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता गरेको औपचारिक घोषणा गर्नुपर्छ भनिँदैछ । अब सरकारसँग विश्वासको मत लिनुभन्दा अर्को बाटो संविधानले दिएको छैन । जस्तो कि, धारा १०० को ‘विश्वासको मत र अविश्वासको प्रस्तावसम्बन्धी व्यवस्था’ लाई हेरौँ । भनिएको छ, ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नु पर्नेछ ।’ त्यसबमोजिम पेश भएको प्रस्ताव प्रतिनिधिसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट पारित हुन नसकेमा प्रधानमन्त्री आफ्नो पदबाट मुक्त हुने कुरा त्यहाँ लेखिएको छ ।

अहिले प्रधानमन्त्री ओली विश्वासको मत लिनैपर्ने यो प्रावधान छल्न ‘मलाई अविश्वास ल्याएर हटाऊ’ भनी विषयान्तर गर्दै छन् । अर्कातिर, फ्लोर क्रस गर्न सक्ने एमालेका सांसदलाई तर्साउन कारवाही गर्ने विशेषाधिकार पनि आफूमा निहित गरेका छन् ।

आजको जनआस्थासाप्ताहिक समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

निःशुल्क कानूनी सहायता दिन्छौ- अधिवत्ता बिष्णु गिरी

पुस २८,काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवत्ता बिष्णु

बाँझो जमिनमा गाजा खेती गर्ने विकल्प सोच्नुपर्छ : डा. आरजु देउवा

 पुस २५,काठमाडौं। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति डा. आरजु राणा देउवाले बाँझो

महासचिव नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि

 मङ्सिर २९,काठमाडौँ। सभामुख देवराज घिमिरेले सङ्घीय संसद्का महासचिवको नियुक्ति प्रक्रिया रोकिएकोमा असन्तुष्टि जनाउनुभएको छ। सङ्घीय संसद्का

दुर्गा प्रसाइँको आन्दोलनले राप्रपा विभाजनको संघारमा

 मंसिर  १३, काठमाडौं । राजसंस्था सहितको हिन्दुराष्ट्र नेपालको नारासहित क्रियाशिल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र