यसका लागि नेपाल राष्ट्र बैंकले पनि आवश्यक प्रक्रिया अगाडि बढाउन निफ्रालाई सैद्धान्तिक स्वीकृति दिइसकेको छ । सैद्धान्तिक स्वीकृति पाएसँगै बैंकले अन्तरराष्ट्रिय बजारमा बन्ड निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । सम्भवतः चालू आर्थिक वर्षभित्रै उक्त ऋणपत्र निष्कासन हुने बताइएको छ । ऋणपत्रबाट प्राप्त रकम नेपालका ठूला विकास पूर्वाधारमा लगानी गरिने बैंकको योजना छ ।
निफ्राले गत माघमा नेपाली पूँजी बजारमा हालसम्मकै ठूलो अर्थात् ८ अर्ब रुपैयाँ बराबरको आईपीओ विक्री गरेको थियो । उक्त आईपीओ अहिले नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएर दोस्रो बजारमा कारोबारमा आइसकेको छ । अहिले भने निफ्राले अन्तरराष्ट्रिय बजारमा ऋणपत्र निष्कासन गर्न लागेको हो । निफ्राको उक्त ऋणपत्रलाई लन्डनको ‘ग्यारेन्टको’ नामक कम्पनीले क्रेडिट ¥यापिङ पनि गरिसकेको छ । निफ्राको अन्तरराष्ट्रिय रेटिङ नभएको हुनाले उक्त कम्पनीलाई यस्तो जिम्मा दिइएको हो । ग्यारेन्टको अन्तरराष्ट्रिय स्तरको ‘ट्रिपल ए’ रेटेड कम्पनी हो ।
हाल उक्त कम्पनीले नै ग्यारेन्टी बसेर निफ्राको ऋणपत्र निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो । निफ्राको ऋणपत्र विक्री नभएमा ग्यारेन्टको आफैले किन्नेछ । साथै, निफ्राले ऋणपत्रमा तोकेअनुसार लगानीकर्तालाई प्रतिफल दिन नसकेमा ग्यारेन्टकोले नै त्यो बराबरको भुक्तानी गर्ने गरी सम्झौता भएको छ । यो समाचार आजको आर्थिक अभियान दैनिकमा मिलन विश्वकर्माले लेखेका छन् ।
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौँ, असार २३ गते । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सैनिक सामग्री उत्पादन निर्देशनालयमार्फत
काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ
जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा