March 8, 2021

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

काठमाडौं,फागुन २४, काठमाडौँ ।  आगामी  जेठमा  सञ्चालन  हुने  माध्यमिक  शिक्षा  परीक्षा  (एसईई)को  तयारीमा  जुटेका  विद्यार्थीले  तोकिएअनुसारको  पूरै  पाठ्यक्रम  अध्ययन  गर्नुपर्ने  भएको  छ  ।  

पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण  नगरिएको  र  पूरै  पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको  तयारी  गर्नुपर्ने  जानकारी  सम्बद्ध अधिकारीले दिएका छन् । राष्ट्रिय  परीक्षा  बोर्डका  एसईईतर्फका  परीक्षा  नियन्त्रक  रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको  र  पूरै  पाठ्यक्रमबाट  प्रश्नसमेत  आउने  जानकारी  दिए ।

उनले  भने,  “हामीले पढाउने कुराको सहजताका लागि  कुन  विद्यार्थी  स्वअध्ययन  गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै  पाठ्यक्रमबाट  प्रश्नपत्र  आउन  सक्छ  भन्ने  हिसाबले  परीक्षाको  तयारी  अघि  बढाउनुपर्ने  उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।