
काठमाडौं,नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले आफ्नो दललाई प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले गर्ने व्यवहारका आधारमा सदन चल्न दिने–नदिने भन्नेबारे छलफल गरिरहेको छ । सो समूहले सभामुख सापकोटाले बैठकमा पुष्पकमल दाहाललाई दलको नेताको रुपमा बोलाए त्यो वैधानिक बाटो नहुने भन्दै सदन अवरोधको तयारी गरिरहेको जनाइएको छ ।
‘आइतबारदेखि सदन चल्दैछ । नेकपा औपचारिकरुपमा विभाजन भएको छैन । सभामुखले दलको नेताको रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन नगरी प्रचण्डलाई गर्न खोजे त्यसको प्रतिकार गरिनेछ,’ ओली समूहका एक सांसदले भने । उनका अनुसार सभामुख सापकोटाले मुख्य सचेतक विशाल भट्टराईलाई मान्यता नदिइ कार्य व्यवस्था तथा परामर्श समितिको बैठक बोलाएमा र भट्टराईले समय माग्दा पनि सभामुखले समय नदिएकाले संसद् बैठकमा प्रधानमन्त्री ओलीलाई सभामुखले नेकपा संसदीय दलको नेता नमान्ने संकेत देखिएको हुँदा त्यसको प्रतिवादमा ओली समूहले तयारी थालेको हो ।
‘धेरै विषय सभामुखमा निर्भर रहन्छ,’ ओली समूहका एक सांसदले भने, ‘वैधानिक बाटो छाडेर चोरबाटोबाट आउनेहरुलाई सभामुखले मान्यता दिने कुरा सह्य छैन ।’ ओली समूहले विभिन्न रणनीति अख्तियार गर्न सक्ने भन्दै दाहाल–नेपाल समूहले अविश्वासको प्रस्ताव दर्ताको तयारी गरेको छ ।
आजको नागरिक दैनिकमा समाचार छ ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।