म्यानमारमा आन्दोलन चर्कँदै, दुई प्रदर्शनकारीको मृत्यु

फागुन ९, मन्डलाया: म्यानमारको दोस्रो सबैभन्दा ठूलो सहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको संकट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।

‘‘आक्रोशित प्रदर्शनकारीहरूको भिडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’’ मन्डलायास्थित् स्वयंसेवी आपत्कालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।

घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एकजना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए ।

एक अर्का स्वयंसेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको संख्या दुई पुगेको पुष्टि गरे । म्यानमारमा केही हप्तापहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ । रासस/एएफपी

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

बन्द भएको अमेरिकी कारागार अल्काट्राजको पुनः खोल्न ट्रम्पको आदेश

 वैशाख २३  । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार अधिकारीहरूलाई अल्काट्राज कारागार पुनर्निर्माण र पुनः खोल्न निर्देशन

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान