फागुन ९, मन्डलाया: म्यानमारको दोस्रो सबैभन्दा ठूलो सहरमा शनिबार सुरक्षाकर्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको संकट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् ।
‘‘आक्रोशित प्रदर्शनकारीहरूको भिडमाथि नियन्त्रणका लागि गोली चलाउनु परेको उक्त घटनामा दुई व्यक्तिको मृत्यु भएको छ भने करिब ३० जना घाइते भएका छन्,’’ मन्डलायास्थित् स्वयंसेवी आपत्कालीन उद्धार टोलीका प्रमुख ह्लाइंग मिन ओओले भने ।
घाइतेमध्ये अधिकांश व्यक्तिलाई प्रहरीले सिधै गोली हानेको प्रत्यक्षदर्शीहरूले बताए । मृतकमध्ये एकजना किशोर रहेको र उनको टाउकोमा गोली लागेको ओओले बताए ।
एक अर्का स्वयंसेवी उद्धारकर्ताले पनि समाचार तयार पार्दासम्म मृत्यु भएकाको संख्या दुई पुगेको पुष्टि गरे । म्यानमारमा केही हप्तापहिले निर्वाचित सरकारलाई सैनिक ‘कू’ मार्फत हटाएर सेनाको नेतृत्वमा प्रशासनिक कामलाई अघि बढाइएको छ । रासस/एएफपी
असोज, ३ काठमाडौं। नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले भोटेकोशी र त्रिशूली नदी क्षेत्रमा आएको विनाशकारी
रमेश पन्त नेपाल कम्युनिस्ट पार्टी (एमाले) यतिवेला केवल आन्तरिक संगठनात्मक पुनर्गठन र नेतृत्व पुस्तान्तरणको
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
साउन २५, काठमाडौं । काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन सोमबारदेखि सुरु भएको छ। सम्मेलनमा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत