काठमाडाैं, माघ २८: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले गर्न लागेको विरोध सभा र शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बिहान करीब ९ बजेदेखि नै रिङरोड भित्रका सडकहरूमा निकै लामो जाम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाको जामलाई मध्यनजर गरेर ठूला सवारी साधनलाई रिङरोड भित्र आउन दिइएको छैन ।
‘उपत्यकाको मुख्य ठाउँमा आमसभा हुने भएपछि हामीले चक्रपथभित्र आउन दिएका छैनौं,’ महाशाखा प्रवक्ता श्यामकृष्ण अधिकारीले भने, ‘साना सवारी साधन र निजी सवारी साधनलाई मात्र भित्र छिर्न दिएका छौं ।’
महाशाखाले आज चक्रपथबाट भित्र कार्यालय आउने सवारी साधनाहरूलाई ११ बजेसम्म आइपुग्न अनुरोध गरेको छ । १२ बजेपछि चक्रपथभित्र आउँदा वैकल्पिक सडकहरूको प्रयोग गर्न अनुरोध गरेको प्रवक्ता अधिकारीले बताए । बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्रमा आन्दोलनकारीहरूको लाग्ने क्रम शुरू भएकाले ती क्षेत्रमा सवारी आवागमन ठप्प जस्तै भएको छ । लगातारको आन्दोलन र जुलुसका कारण उपत्यकाको सडक अस्तव्यस्त देखिएको छ ।
पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष आन्दोलित छ । दिनदिनैको आन्दोलन र जुलुसले आफ्नो रोजीरोटी लागि गन्तव्यमा जानुपर्ने श्रमिक र जागिरमा जानेहरू हैरानीमा परेका छन् ।
फागुन २६, काठमाडौं । मध्यपूर्वमा बढ्दो सैन्य तनावबीच इरानले अमेरिका विरुद्ध आवश्यक परे शक्तिशाली मिसाइल
फागुन १९, काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र
१५ फागुन, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँ ले आउँदो सोमबार मनाइने होली पर्वलाई मर्यादित
माघ २२,काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हिउँ पर्ने बहानामा निर्वाचन दुई चरणमा
२०८२ माघ १८,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता शिशिर खनालले आगामी निर्वाचनका लागि
माघ १५,काठमाडौं । पछिल्लो समय पश्चिमी देशहरू आफ्ना राष्ट्रिय हितको खोजीमा एसियातर्फ केन्द्रित हुन थालेका