सरकारले विप्लव समूहसँग सुरु ग-यो वार्ता

काठमाडौं, माघ २१ः सरकारद्वारा प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसँग अनौपचारिक रूपमा वार्ताको सुरुवात गरेको छ । खानेपानीमन्त्री मणि थापाले मंगलबार नख्खु कारागारमा थुनामा रहेका विप्लव नेतृत्वको नेकपाका नेता हेमन्तप्रकाश वली ‘सुदर्शन’लाई कारागारमै पुगेर भेट गरी वार्ताको थालनी गरेका हुन् ।सरकारले विप्लव समूहलाई राजनीतिको मूलधारमा ल्याउन प्रयत्न गर्दै आइरहेको बेला खानेपानीमन्त्री थापाले कारागारमै पुगेर गरेको भेटलाई अर्थपूर्ण रूपमा लिइएको छ । कारागारमा रहँदा मन्त्री थापाले ‘सुदर्शन’सँग करिब ३० मिनेट कुराकानी गरेका थिए ।

मन्त्री थापाले आफू कारागार व्यवस्थापनको समस्या र गुनासोपछि अनुगमनका लागि कारागार पुगेको र सो क्रममा विप्लव समूहका नेता सुदर्शनसँग भेट भएको जानकारी दिए ।

‘उहाँ र म घनिष्ट मित्र हौं, काठमाडौं बसाइँका क्रममा र पढाइका क्रममा धेरै निकट भयौं । जनयुद्ध लड्दा पनि हामी सँगै भयौं । अहिले उहाँको स्वास्थ्यमा समस्या भएको भन्ने सुनेको र अनुगमनका लागि कारागार पुगेको बेला भेट भएको हो,’ मन्त्री थापाले भने ।

उनले छोटो भेटमा सुदर्शनसँग वार्ताका विषयमा पनि कुराकानी भएको जानकारी दिए । तर सरकारले औपचारिक रूपमा वार्ताका लागि भने आफूलाई जिम्मेवारी नदिएको बताए । ‘वार्ताकै लागि मैले जिम्मेवारी पाएको त होइन तर भेट हुँदा वार्ता गरौं चाहिँ भनें । उहाँ पनि सकारात्मक नै देखिनुभयो,’ मन्त्री थापाले राजधानीसँग भने ।

नख्खु कारागारका प्रमुख मोहन अधिकारीका अनुसार कारागारमा खानेपानी समस्या रहेको र कारागार अव्यवस्थित रहेको भन्दै कारागार व्यवस्थापनले मन्त्री थापालाई गुनासो गरेको थियो । त्यही बहानामा उनी अनुगमन गर्न भन्दै मंगलबार बिहान १० बजे नख्खु कारागार पुगेका थिए । सो क्रममा उनले कारागारमा रहेका कैदीबन्दीसँग पनि भेट गरेको र विप्लव समूहका नेता सुदर्शनसँग वार्ताका विषयमा छलफल गरेका हुन् ।

भेटमा मन्त्री थापाले विप्लव समूहका नेता सुदर्शनलाई हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउने हो भने सरकार वार्ताका लागि सकारात्मक रहेको र सोका लागि प्रतिबद्धता आए सरकारले प्रतिबन्धसमेत फुकुवा गर्ने बताएका थिए । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा