माघ १ बिहीबार, प्रधानमन्त्री केपी ओलीले मनको भाव शान्त र शुद्ध पार्न योग आवश्यक रहेको बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ संयोजकत्वको राष्ट्रिय योग दिवस मूल समारोह समितिको आयोजनामा प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको योग दिवसलाई सम्बोधन गर्दै ओलीले नेपालमा करिब १५ हजार वर्षअघि योग सुरु भएको बताए ।
आदी योगको भूमिको रूपमा रहेको नेपाललाई योगमय बनाउन योगगुरुहरूको महत्वपूर्ण भूमिका रहेको बताए । उनले भने, ‘मानव, जीव, अन्य जीव र प्रकृतिसँग जोडिएको शब्द योग हो, हरेक नेपालीले स्वस्थ रहन हरेक दिन योग गर्न आवश्यक छ ।’
उनले जीवनलाई कसरी मानव जीवन बनाउने भन्ने विषय योगसँग जोडिएको उल्लेख गर्दै योगकै कारण अधिकांश नेपाली स्वस्थ भएको उल्लेख गरे । हरेक वर्षको जुन २१ मा अन्तर्राष्ट्रिय योग दिवस मनाउने गरेको स्मरण गराउँदै उनले सो दिन नेपालकै सहमतिमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्रसंघबाट पारित गरेको बताए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र संघको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेका थिए ।
क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना
बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)
काठमाडौँ, र्वैशाख ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न
चैत २५, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मापदण्डविपरीत शुल्क असुली गरेका निजी
पोखरा, १६ चैत २०८२ । गण्डकी प्रदेशसभाले गण्डकी प्रदेश सडक ऐन, २०८१ लाई संशोधन गर्न
काठमाडौँ, चैत १५ ।तीन पूर्वप्रधानमन्त्री Sher Bahadur Deuba, K. P. Sharma Oli र Pushpa Kamal