भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर

काठमाडौं,पुस २७, २०७७काठमाडौं । विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो ।

प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयोगबाट स्वीकृति पाएसँगै गत हप्ता नै उक्त टेन्डरमा आवेदन पेश गरेको जानकारी दिए ।

हाल प्राधिकरणले भारतको टनकपुरबाट प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा भारतीय विद्युत् किन्दै आएको छ । टेन्डरमा सोही दरलाई नै आधार बनाएर प्रस्ताव पेश गरिएको प्रवक्ता तिम्सिनाले बताए ।

‘त्यसमा प्रसारण लाइनलगायतका लागत पनि जोडिन्छ । तर, सोही दरलाई नै आधार मूल्य बनाएर एनभीभीएनमार्फत प्रस्ताव पेश गरिएको छ,’ उनले भने । टेन्डरमा खुल्ला प्रतिस्पर्धाबाट विद्युत्को दर टुंगो लाग्ने उनको भनाइ छ ।

टेन्डरमा पेश गर्ने आज (सोमवार) अन्तिम दिन रहेको थियो । प्राधिकरणले त्यसअगावै टेन्डरमा प्रस्ताव पेश गरेको हो ।

नेपालभित्र मात्र विद्युत् विक्रीमा सीमित भएको प्राधिकरण पहिलोपटक विदेशी बजारमा पनि प्रवेश गरेको छ । पछिल्लो केही वर्ष पावर एक्सचेन्जमार्फत भारतीय बजारमा प्राधिकरणले विद्युत् निर्यात गरे पनि व्यापारिक रूपमा निर्यात गरेको थिएन । तर, अब भने व्यापारिक रूपमा नै भारतीय बजारमा विद्युत् निर्यात गर्ने सम्भावना भएको प्रवक्ता तिम्सिनाले बताए ।

बीआरपीएल भारतको विद्युत् वितरण गर्ने कम्पनी हो । उक्त कम्पनीले २५ देखि ७०० मेगावाट सम्म विद्युत् आपूर्ति गर्नेगरी टेन्डर आह्वान गरेको थियो । यो समाचार आजको आर्थिक अभियान दैनिकमा  मिलन विश्वकर्माले लेखेका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।