पशुपतिनाथ मन्दिर आज दिनभर बन्द हुने

काठमाडौं, पुस २६ः पशुपतिनाथको मन्दिर आइतबार दिनभर बन्द हुने भएको छ । हिजो धनुर्मास पर्व परेको र रातभर पूजा आराधना गरिएकाले आज दिनभर मन्दिर बन्द हुने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाकाअनुसार अब भोलि बिहान ६ बजेमात्रै मन्दिर खुला हुनेछ ।

पशुपतिनाथ मन्दिर दर्शनार्थीको लागि हरेक दिन बिहान साढे ५ बजेदेखि दिउँसो १ बजेसम्म खुला गर्ने गरिएको छ । धनुर्मास पर्वमा रातभरि पूजा गरेपछि भोलिपल्ट मन्दिर बन्द गर्नुपर्ने नियम रहेको खतिवडाले बताए । कोरोना महामारीका कारण झण्डै ९ महिना बन्द भएको मन्दिर गएको पुष १ गतेदेखि खुलेको थियो ।

पशुपतिनाथलाई चिसोबाट जोगाउन भन्दै मूल मन्दिरमा हिजो धनुर्मास पूजा गरिएको हो । पशुपतिनाथ मन्दिरमा आदिकालदेखि नै सौर र चन्द्र दुवै मासअनुसार पुस परेका दिनमध्ये उपयुक्त दिनमा धनुर्मास पूजा गर्ने परम्परा रहेको छ। पुस १५ देखि आउँदो माघ २९ सम्म सौर र चन्द्र दुवै गणना पद्धतिअनुसार पुस महिना परेको छ । जाडोले धनुजस्तै कुप्रिने बेलामा गरिने पूजा भएकाले धनुर्मास पूजा भन्ने गरिएको शास्त्रीय मान्यता छ ।

यसैबीच हिजो एकैदिन ५० हजारभन्दा बढी दर्शनार्थीले पशुपतिनाथको दर्शन गरेका छन् । सामान्य दिनमा २० देखि ३० हजारको संख्यामा दर्शनार्थी पुग्ने गरेकोमा हिजो ५० हजारभन्दा बढीले दर्शन गरेको कोषकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग

प्रधानमन्त्री प्रचण्ड र एमसिसीकी प्रमुखबिच भेटवार्ता

 असोज १६,काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग नेपाल भ्रमणमा रहेकी अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) की

विपश्यनाको लाभ साधनापछि मात्रै थाहा हुन्छ

दीपकराज जोशी विपश्यना गर्ने बानी भयो र ध्यानमा आफूलाई विकास गर्न सकियो भने कसैले पनि

अनलाइनबाट पनि नेता नेम्वाङलाई श्रद्धाञ्जली दिन सकिने

काठमाडौँ,  भदौ २६ गते । संविधान सभाका अध्यक्ष एवम् नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति शब्द