ओलीले अध्यादेश फिर्ता नलिनुमा देउवको भूमिका शंकास्पद

काठमाडौं ,पुस ४, २०७७,messenger sharing buttonप्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन आनाकानी गरिरहनुमा काँग्रेस सभापति शेरबहादुर देउवाको भूमिकाका कारण हुने सक्ने आशंका गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसँग छलफल गरेका छन् ।

उखु किसानको आन्दोलनमा ऐक्यबद्धता जनाउन दिउँसो माइतीघर पुगेका पौडेल त्यहीँबाट दाहाल र नेपालसँग भेट्न कोटेश्वर पुगेका थिए । स्रोतका अनुसार दाहाल–नेपालले काँग्रेस सभापति देउवाको भूमिका शंकास्पद रहेको भनाइ पौडेलसँग राखेका थिए ।

प्रधानमन्त्री ओलीले अध्यादेश जारी गरेलगत्तै बसेको पहिलो बैठकबाट अख्तियारलगायत आयोगहरुमा पदाधिकारी सिफारिस गरिएको र संसदीय सुनुवाइ समितिबाट पारित हुने निश्चित नभएपछि सार्वजनिक नगरिएको बुझाइ दाहाल–नेपाल पक्षको थियो । ‘ओलीले अध्याधेश फिर्ता नलिएपछि हामीलाई देउवाजीको भूमिकामा पनि आशंका छ,’ दाहाल–नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘ओलीजी कतिसम्म अघि बढ्छन् थाहा छैन तर पछि हट्ने संकेत देखिएको छैन ।’

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

वरिष्ठ अधिवक्ता महेश नेपाल न्याय परिषद सदस्यमा सिफारिस

२०८२ जेठ २९ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ अधिवक्ता महेश नेपाललाई न्याय परिषद

रास्वपाको पाँचबुँदे प्रस्तावमा छलफल नहुने – भट्टराई

काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा

अदालत र प्रेसको लक्ष्मणरेखा

यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्

बुद्धोपदेशको वैश्विक महत्व

 २९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ

शिक्षक आन्दोलनको स्वरुप परिवर्तन गर्न आग्रह

वैशाख  १०,काठमाडौँ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) ले विद्यार्थीको अधिकारप्रति सचेत हुँदै आन्दोलनको स्वरुप

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन ‘हेर्न नमिल्ने’

काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न