घुसकाण्डमा फसेकाहरु नै अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा

काठमाडौं,मंसिर ३०, २०७७,देशमा भ्रष्टाचार नियन्त्रणका लागि गठन गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा नियुक्ति पाएकाहरू विवादित हुन थालेका छन्। योग्यता नपुगेका लोकमानसिंह कार्की हुन् वा घुसकाण्डमा फसेका राजनारायण पाठक वा ललिता निवास काण्डमा फसेका दीप बस्न्यात सबैलाई नियुक्ति गर्ने राजनीतिक दलका नेता नै हुन्। कार्कीलाई तत्कालीन मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको कार्यकालमा तथा पाठक र बस्न्यातलाई तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नियुक्त गरिएको थियो।

२०७० वैशाख २५ मा नियुक्ति पाएका कार्की अयोग्यताको मुद्दा परेपछि २०७३ पुस २४ मा सर्वोच्चको फैसलाअनुसार पदमुक्त भए। २०७४ साल जेठमा नियुक्ति पाएका पाठक नेपाल इन्जिनियरिङ कलेजको मुद्दा मिलाइदिन ७८ लाख घुस लिएको प्रमाण सार्वजानिक भएपछि दुई वर्षअघि पद छाडन बाध्य भ।ए। त्यस्तै २०७४ जेठमा नै नियुक्त भएका बस्न्यात भौतिक योजना तथा निर्माण मन्त्रालयको सचिव हुँदा प्रधानमन्त्री निवास बालुवाटारको जग्गा व्यक्तिका नाममा बनाउन भूमिका खेलेका कारण विशेष अदालतको फैसलापछि अहिले थुनामा परेका छन्।  

भ्रष्टाचार नियन्त्रण गर्ने संस्थाका प्रमुख आयुक्तदेखि आयुक्तहरू भ्रष्टाचार मुद्दामा फस्दैछन्। यसबाट नियुक्तिकर्तामाथि पनि प्रश्न उठ्दैछ। बहालवाला प्रधानमन्त्रीको अध्यक्षतामा संवैधानिक परिषद् गठन हुन्छ्, तिनै प्रधानमन्त्रीको अध्यक्षतामा बस्ने परिषद्ले नियुक्तिको सिफारिस गरेका व्यक्तिहरू विवादमा फस्नु लाजमर्दो हो। यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

नागरिक पत्रकारले सामाजिक सञ्जालको सही उपयोग गर्नुपर्ने

ललितपुर, फागुन १४ गते । नागरिकमैत्री पत्रकारिताका लागि सामाजिक सञ्जालको भरपुर उपयोग गरिनुपर्नेमा सरोकारवालाले जोड दिएका

काठमाडौंमा विश्व सामाजिक मञ्चको सम्मेलन

काठमाडौं,फागुन ३ । ‘अर्को विश्व सम्भव छ’ भन्ने नारासहित विश्व सामाजिक मञ्चको सम्मेलन काठमाडौंमा सुरू

सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

माघ २५,काठमाडौँ  । सहकारी संस्थामा व्यक्तिगत बचतको सीमा नरहने गरी प्रतिनिधि सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ)

श्रमिक बिदेसिएको अनुपातमा विप्रेषण कम

पुस ४,काठमाडौँ । पछिल्ला वर्षमा वैदेशिक रोजगारीमा जानेको सङ्ख्या जुन अनुपातमा बढेको छ त्यो अनुपातमा

इजरायल र हमासबीच युद्धविराम सम्झौता

मङ्सिर ८,गाजापट्टी । इजरायल–हमास युद्धमा चारदिने युद्धविराम शुक्रबारदेखि लागू भएको छ । हजारौंको ज्यान लिने

भूकम्पपीडितलाई १० हजार थान जुत्ताचप्पल सहयोग

 कार्तिक २८,काठमाडौं । गोल्डस्टार जुत्ता कम्पनीले जाजरकोटका भूकम्पपीडितलाई १० हजार थान जुत्ता तथा चप्पल सहयोग