नेकपाको सचिवालय बैठकको पुर्वसन्ध्यामा को नेताले के गरे ?

मंसिर १६,  मंसिर नेकपा सचिवालय बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठको जवाफीपत्र पेश गरेपछि आज हुने बैठकका निम्ति दुबै पक्षका नेताहरुले विशेष सक्रियता देखाएका छन् । सोही क्रममा हिजो बिहान सातै बजे घरबाट निस्कनुभएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्धकार नहुन्जेल झण्डै ११ घण्टा ढोलाहिटीस्थित छोरी गंगा दाहालको निवासमा बिताउनुभयो ।

छोरीको निवासमा बसेर प्रचण्डले भोलिको बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे गम्भीर ढंगले गृहकार्य गरेको हुनसक्ने अड्कल लगाइएको छ । उहाँ प्रायः यसअघि पनि महत्वपूर्ण बैठकमा कुनै दस्तावेज पेश गर्नुपर्यो भने एकान्तवास बसेर तयारी गर्नुहुन्थ्यो । हिजो छोरीको घरमा बसेर बिहानदेखि तयारी गर्नुको मतलब भोलिको बैठकमा अध्यक्ष ओलीलाई पुनः लिखित काउण्टर दिने पो हो कि भनेर लख काटिएको छ ।

यता,प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले हिजो बिहान भेट्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङवीच छलफल भयो । मुख्यसचिव शंकरदास बैरागीले पनि क्याबिनेट बैठकअघि प्रधानमन्त्रीलाई पौने घण्टासम्म भेट्नुभएको थियो ।

हिजो नै बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट पनि खोल्नुभयो । आइतबार बनाइएको उहाँको टिकटकमा अहिलेसम्म २७ हजार ३ सय भन्दाबढी फलोअर पुगेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिउँसो झण्डै दुई घण्टा भेट्नुभएको थियो । आज हुने नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा भएको उक्त भेटलाई चासोका साथ हेरिएको बताइन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपालको निवास,कोटेश्वरमा हिजो नेपाली काँग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंह दिउँसो एकछिन देखा परेका थिए । त्यसैगरी,उपाध्यक्ष वामदेव गौतमको निवास,भैसेपाटीमा भेटघाटको लागि पूर्व सभामुख कृष्ण बहादुर महरा पुग्नुभएको थियो।

नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले हिजो राती ९ बजे प्रशारित टेलिभिजन कार्यक्रम फायरसाइडमा बोल्दै आज बस्ने सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिएको घोषणा गर्नसक्ने बताउनु भयो ।

राष्ट्रिय शक्ति नेपालको आयोजना र अध्यक्ष केशरबहादुर विष्टको नेतृत्वमा झण्डै छ सय जना प्रदर्शनकारीले हिजो दिउँसो माईतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताको खारेजी र हिन्दू राज्यसहित राजसंस्था पुर्नस्थापनाको माग गर्दै सरकार बिरोधी र्याली निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता

परिस्थितिअनुसार को सरकारमा हुन्छ, भन्न सकिँदैन : अध्यक्ष ओली

 फागुन १८,काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको राजनीतिक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

फागुन ८, काठमाडौँ । समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न नेकपा (एमाले)को केन्द्रीय कमिटीको सातौँ पूर्ण बैठक