नेकपाको सचिवालय बैठकको पुर्वसन्ध्यामा को नेताले के गरे ?

मंसिर १६,  मंसिर नेकपा सचिवालय बैठक भोलि दिउँसो १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बोलाइएको छ । शनिबारको बैठकमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठको जवाफीपत्र पेश गरेपछि आज हुने बैठकका निम्ति दुबै पक्षका नेताहरुले विशेष सक्रियता देखाएका छन् । सोही क्रममा हिजो बिहान सातै बजे घरबाट निस्कनुभएका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्धकार नहुन्जेल झण्डै ११ घण्टा ढोलाहिटीस्थित छोरी गंगा दाहालको निवासमा बिताउनुभयो ।

छोरीको निवासमा बसेर प्रचण्डले भोलिको बैठकमा प्रस्तुत गर्ने एजेण्डाबारे गम्भीर ढंगले गृहकार्य गरेको हुनसक्ने अड्कल लगाइएको छ । उहाँ प्रायः यसअघि पनि महत्वपूर्ण बैठकमा कुनै दस्तावेज पेश गर्नुपर्यो भने एकान्तवास बसेर तयारी गर्नुहुन्थ्यो । हिजो छोरीको घरमा बसेर बिहानदेखि तयारी गर्नुको मतलब भोलिको बैठकमा अध्यक्ष ओलीलाई पुनः लिखित काउण्टर दिने पो हो कि भनेर लख काटिएको छ ।

यता,प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसँग प्रधानसेनापति पूर्णचन्द्र थापाले हिजो बिहान भेट्नुभएको थियो । त्यसपछि प्रधानमन्त्री र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङवीच छलफल भयो । मुख्यसचिव शंकरदास बैरागीले पनि क्याबिनेट बैठकअघि प्रधानमन्त्रीलाई पौने घण्टासम्म भेट्नुभएको थियो ।

हिजो नै बालुवाटारमा मन्त्रीपरिषद्को बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक एकाउन्ट पनि खोल्नुभयो । आइतबार बनाइएको उहाँको टिकटकमा अहिलेसम्म २७ हजार ३ सय भन्दाबढी फलोअर पुगेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग उपप्रधानमन्त्री ईश्वर पोखरेलले दिउँसो झण्डै दुई घण्टा भेट्नुभएको थियो । आज हुने नेकपा सचिवालय बैठकको पूर्वसन्ध्यामा भएको उक्त भेटलाई चासोका साथ हेरिएको बताइन्छ ।

वरिष्ठ नेता माधवकुमार नेपालको निवास,कोटेश्वरमा हिजो नेपाली काँग्रेसका नेता तथा सांसद अमरेशकुमार सिंह दिउँसो एकछिन देखा परेका थिए । त्यसैगरी,उपाध्यक्ष वामदेव गौतमको निवास,भैसेपाटीमा भेटघाटको लागि पूर्व सभामुख कृष्ण बहादुर महरा पुग्नुभएको थियो।

नेकपा स्थायी समिति सदस्य जनार्दन शर्माले हिजो राती ९ बजे प्रशारित टेलिभिजन कार्यक्रम फायरसाइडमा बोल्दै आज बस्ने सचिवालय बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले दुबै पदबाट राजीनामा दिएको घोषणा गर्नसक्ने बताउनु भयो ।

राष्ट्रिय शक्ति नेपालको आयोजना र अध्यक्ष केशरबहादुर विष्टको नेतृत्वमा झण्डै छ सय जना प्रदर्शनकारीले हिजो दिउँसो माईतिघर मण्डलाबाट नयाँ बानेश्वरसम्म गणतन्त्र,संघीयता र धर्मनिरपेक्षताको खारेजी र हिन्दू राज्यसहित राजसंस्था पुर्नस्थापनाको माग गर्दै सरकार बिरोधी र्याली निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र