प्रधानमन्त्री ओलीको प्रयत्न: प्रचण्ड–नेपाल समूह फुटाउने

 कात्तिक २३, काठमाडौं – नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले साथ छोडेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरूलाई फकाउने प्रयत्न गरिरहेका छन्।

सकेसम्म नेपाल पक्षलाई आफूतिर तानेर अध्यक्ष प्रचण्डलाई ‘ठेगान लगाउने’ ओलीको मिसन गतसातादेखि नै जारी छ। तर, नेपाल पक्षले फेरि पनि ओलीबाट ‘धोका हुने’ विश्लेषण गरेर प्रचण्डसँग नै हरेक विषयमा कार्यगत एकता जारी राखेको छ।

ओलीले छलफलका लागि नेपालसहित, भीम रावल, सुरेन्द्र पाण्डे र रघुजी पन्तलाई बालुवाटार बोलाएका छन्। ओलीले कात्तिक ४ र ११  गते नेताहरूलाई बालुवाटार बोलाएर निकास निकाल्ने प्रयास गरेका थिए। 

यसअघि, कात्तिक १६ गते ओली समहूले पूर्वएमालेहरूलाई एकजुट गराउने नेता प्रदीप नेपालसँग छलफल गरेको थियो। प्रधानमन्त्री ओलीकै निर्देशनमा पूर्वएमालेलाई एकजुट गराउने पहल शुरु भइरहेको छ। 

अगुवा नेता प्रदीप नेपाललाई भेट्न पुगेका स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, प्रधानमन्त्रीका सल्लाहकारत्रय विष्णु रिमाल, राजन भट्टराई र सूर्य थापा गएका थिए।

गोठाटारस्थित नेपाल निवासमा पुगेका ओली निकट नेताहरूले प्रधानमन्त्री र वरिष्ठ नेता माधवकुमार नेपालबीच समझदारी बनाइदिन अनुरोध गरेका थिए।

संसदीय दल, सचिवालय, स्थायी कमिटीदेखि केन्द्रीय कमिटीसम्म अल्पमतमा रहेका ओलीलाई अध्यक्ष प्रचण्डले साथ दिइरहेका छन्। 

यद्यपि, कर्णाली प्रदेशमा वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डको समीकरण बनेपछि ओली झस्किएका छन्। त्यसैले ओली वरिष्ठ नेता नेपालबाट सहयोग खोज्न थालेका हुन्।

वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमले पनि ओलीलाई साथ नदिएपछि ओली एक्लिएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

रास्वापाले प्रत्यक्ष नजितेका क्षेत्रमा समानुपातिक सांसदलाई तोक्यो जिम्मेवारी

काठमाडौँ,  र्वैशाख ८ गते ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)ले प्रत्यक्ष निर्वाचनमा आफूले विजय प्राप्त गर्न

सम्पत्ति विवरणबारे गृहमन्त्री गुरुङको स्पष्टोक्ति

काठमाडौँ, वैशाख ७ गते । गृहमन्त्री सुधन गुरुङले रु २५ लाखको सेयरका विषयबारे आफ्नो सम्पत्ति विवरणमै

रास्वपा केन्द्रीय समिति बैठक सोमबार

वैशाख ६,काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक सोमबार बस्ने भएको छ । पार्टी प्रवक्ता मनिष

उद्योगमा गौरी कुमारी, श्रममा रामजी यादव नियुक्त

चैत २७, काठमाडौं। प्रधानमन्त्री बालेन शाह ले मन्त्रिपरिषद् विस्तार गर्दै उद्योग तथा श्रम मन्त्रालयमा दुई