भनाभनले झन् चिसियो ओली र प्रचण्डबीचको सम्बन्ध

कात्तिक २१, काठमाडौँ – नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही भइरहेछ । 

पाँच दिनसम्मको आरोप–प्रत्यारोेपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा करीब एक घण्टा भेटे । तर, छलफल गत शनिबारको भन्दा झन् बिथोलिएपछि त्यत्तिकै टुंगिएको बालुवाटार स्रोतले बतायो । 

छलफलमा दुई अध्यक्षबीच केही विषयमा भनाभनै चल्यो । ती, बिषय थिए, बुधबार प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेताहरुसँग गरेको जुम बैठक, त्यहाँ जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा बहस चलाएको, मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मे विस्तार गरेर लैजान दिइएको निर्देशन, एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले पदबाट राजीनामा दिँदै नदिने भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्रीबाट राजीनामा दिँदा देश नै बर्बादीमा जाने भनी दिएको अभिव्यक्ति । 

यो विषयमा विवाद भएपछि दुई अध्यक्षबीच बिहीबारको छलफल लामो समय चल्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

मदनले मोडेको कम्युनिस्ट बाटो

३ जेठ २०८१। नेपाली प्रजातान्त्रिक आन्दोलनमा कोरिएको एउटा सशक्त हस्ताक्षर हो, मदन भण्डारी । निकै

एमाले मधेश सरकारबाट बाहिरियो

 वैशाख ३०, काठमाडौं। नेकपा (एमाले)ले मधेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। आइतबार मधेश प्रदेशको

लुम्बिनीका मुख्यमन्त्री चौधरीले विश्वासको मत लिँदै

तुलसीपुर (दाङ), चैत २२ गते । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज विश्वासको मत लिनुहुने

अत्याधुनिक हतियारसहित पक्राउ परेकालाई पाँच दिन हिरासतमा राख्न अनुमति

 चैत ७,काठमाडौँ। सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित पक्राउ परेका दुई जनालाई पाँच दिन हिरासतमा राख्न

सत्तारुढ गठबन्धनबिच सात बुँदे सहमति

 फागुन २९,काठमाडौं । । मङ्गलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकमा  नेकपा (माओवादी

गठबन्धन मिसन–२०८४ का लागि उपयोगी हुने : ईश्वर पोखरेल

 फागुन २६, काठमाडौं। सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नयाँ सत्ता