भनाभनले झन् चिसियो ओली र प्रचण्डबीचको सम्बन्ध

कात्तिक २१, काठमाडौँ – नेकपाको दुई अध्यक्ष प्रायः झगडा गर्छन् । कुनै बिन्दुमा पुगेपछि भेट्छन् । त्यहीँ विवाद गर्छन् । अडान राख्छन् । सम्बन्ध झन् चिस्याएर छुट्छन् । अहिले त्यही भइरहेछ । 

पाँच दिनसम्मको आरोप–प्रत्यारोेपबीच अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालले बिहीबार बालुवाटारमा करीब एक घण्टा भेटे । तर, छलफल गत शनिबारको भन्दा झन् बिथोलिएपछि त्यत्तिकै टुंगिएको बालुवाटार स्रोतले बतायो । 

छलफलमा दुई अध्यक्षबीच केही विषयमा भनाभनै चल्यो । ती, बिषय थिए, बुधबार प्रधानमन्त्री ओलीले प्रदेश १ का आफूनिकट नेताहरुसँग गरेको जुम बैठक, त्यहाँ जनताको बहुदलीय जनवाद (जबज) को पक्षमा बहस चलाएको, मदन भण्डारी फाउन्डेसनलाई वडा तहसम्मे विस्तार गरेर लैजान दिइएको निर्देशन, एक सार्वजनिक कार्यक्रममा प्रधानमन्त्रीले पदबाट राजीनामा दिँदै नदिने भनी दिएको अभिव्यक्ति र प्रधानमन्त्रीबाट राजीनामा दिँदा देश नै बर्बादीमा जाने भनी दिएको अभिव्यक्ति । 

यो विषयमा विवाद भएपछि दुई अध्यक्षबीच बिहीबारको छलफल लामो समय चल्न सकेन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा