यसरी यस कारण हूँदैछ ओली विरुद्ध षडयन्त्र, पुन: घेराबन्दीमा पर्दैछन् ओली !

असोज २६, काठमाण्डौं । ओली र प्रचण्डबीच बढेको टकरावको कम्पन कर्णालीमा पुगेको छ ।कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्तावले नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ विवादलाई सतहमा ल्याएको छ ।शाही नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निकट हुन् भने अविश्वासको प्रस्ताव दर्ता गर्ने यामलाल कँडेल अर्का अध्यक्ष केपी शर्मा ओली निकट हुन् ।योसँगै ओलीले पार्टीभित्र पेलेर जाने रणनीति लयाएको सन्देश समेत गएको छ ।

सरकार सञ्चालनका लागि पार्टीभित्र समन्वय गरेर गर्ने भनेपछि ओलीले संकट टरेलगत्तै राजदूत नियुक्तिलगायतमा एकलौटी गरेको भन्दै प्रचण्डलगायतका नेताले असन्तुष्टि व्यक्त गरेका थिए । तर, त्यसलाई ओलीले बेवास्ता गरिदिए । मन्त्रिमण्डल पुर्नगठनमा पनि ओलीले आफ्नै चाहना बढी देखाउन थाले । यतिसम्मकी प्रचण्ड पक्षधर रहेर उनीबाट असन्तुष्टलाई सरकारमा मन्त्री बनाउन खोजे । यसले प्रचण्ड झस्किए । लगत्तै उनले नेकपाका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालका अलावा उपाध्यक्ष बामदेव गौतमसँग परामर्श गरे ।

गौतम पनि ओलीसँग फेरि असन्तुष्ट भए । छ बुँदे ल्याएर संकट टारेको तर आफैलाई समस्यामा पारेको बुझाईपछि उनी पुरानै मोर्चा ब्युताउन सक्रिय भएको बुझिएको छ । विगतमा सचिवालयका छ जनाको मोर्चाबन्दी रहेकोमा यसपटक रामबहादुर थापा बादल घटेर पाँचजना बनेको छ । यो समूहले पछिल्लोपटक गम्भीर छलफल समेत गरेको छ । नेकपा सचिवालयका पाँचजनाको मोर्चाबन्दीको भेउ पाएर ओलीले पेलेरै जाने रणनीति बनाएको बुझिएको छ । यसको संकेत महेन्द्रबहादुर शाहीविरुद्धको अविश्वासको प्रस्ताव दर्तापत्र सार्वजनिक भएबाट मिलेको छ ।

नेकपाभित्र अब ओलीविरुद्ध प्रचण्ड, माधव, झलनाथ, बामदेव र नारायणकाजीको मोर्चाको टकराव फेरि बढ्ने देखिएको छ । यो समूहले यसपटक फेरि रणनीति बनाएको र ओलीलाई चुनौती दिने तयारी गरेको विश्वस्त स्रोतले जानकारी दिएको छ । ओली भने अब पेलेरै जाने तयारीका साथ प्रस्तुत भएका छन् । यसले नेकपाभित्र नयाँ संकट देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र