
असोज १६, काठमाडौं, विहिवार बसेको मन्त्रिपरिषद्को वैठकले पुर्वअर्थमन्त्री युवराज खतिवडालाई चारवर्षका लागि अमेरिकाको लागि नेपाली राजदुत बनाउने निर्णय गरेपछि नेपाली शेयरबजार एकाएक उकालो लाग्यो । क्याबिनेट बैठकले हालै अर्थ मन्त्रीबाट राजीनामा दिएका तर प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा रहिरहेका युवराज खतिवडालाई चार वर्षका लागि नेपालबाटै बिदाई गर्ने निर्णय गरेको छ । पुँजी बजारलाई सँधै नकारात्मक रूपमा लिँदै आएका खतिवडा गभर्नर,योजना आयोगको उपाध्यक्ष,अर्थमन्त्री र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएपछि सेयर बजार ओरालो लाग्दै आएको थियो ।,
उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।
तर, नेपालमै नरहने गरी अमेरिकाको लागि राजदूतमा नियुक्त गर्ने निर्णयपछि एकाएक सेयर बजारमा बहार आएको हो । हिजो उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।
जहाँ बसेपनि अर्थतन्त्रसँग जोडिएको विषयमा हस्तक्षेप गरेर पुँजी बजारलाई कमजोर बनाउने आरोप लाग्दै आएका खतिवडाको कारण लगानीकर्ता सशङ्कित बन्दै आएका थिए । तर,हिजो एक्कासी खतिवडा मुलुकबाटै डेरा सर्नेगरी अमेरिकाको राजदूतमा नियुक्त भएपछि लगानीकर्ता मध्यान्हदेखि नै हौसिएको तथ्यांकले देखाएको छ ।खतिवडाको नेपालबाट बिदाईसँगै नेपाली पूजीबजारको कालो धब्बाको अन्त्य हुने संकेत देखिएको छ ।
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
काठमाडौँ, साउन २७ गते । सरकारले सरकारी कार्यालयमा सेवाग्राहीले पेश गर्ने निवेदनको ढाँचामा एकरूपता
– अधिवक्ता तारानिधि पन्त नेपालमा सम्बन्धविच्छेदका घटना निरन्तर बढिरहेका छन्। केही दशकअघि समाजमा दुर्लभ मानिने
गणेश यादवको मृत्यु एउटा परिवारको शोक मात्र होइन। त्यो नेपालको लोकतन्त्र, समाज र राज्यका लागि
साउन १२,काठमाडौँ । निर्वाचन आयुक्तमा प्रस्तावित गुरुप्रसाद वाग्लेले विदेशमा रहेका नेपाली नागरिकको मतदान अधिकार सुनिश्चित