
असोज १६, काठमाडौं, विहिवार बसेको मन्त्रिपरिषद्को वैठकले पुर्वअर्थमन्त्री युवराज खतिवडालाई चारवर्षका लागि अमेरिकाको लागि नेपाली राजदुत बनाउने निर्णय गरेपछि नेपाली शेयरबजार एकाएक उकालो लाग्यो । क्याबिनेट बैठकले हालै अर्थ मन्त्रीबाट राजीनामा दिएका तर प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा रहिरहेका युवराज खतिवडालाई चार वर्षका लागि नेपालबाटै बिदाई गर्ने निर्णय गरेको छ । पुँजी बजारलाई सँधै नकारात्मक रूपमा लिँदै आएका खतिवडा गभर्नर,योजना आयोगको उपाध्यक्ष,अर्थमन्त्री र प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त भएपछि सेयर बजार ओरालो लाग्दै आएको थियो ।,
उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।
तर, नेपालमै नरहने गरी अमेरिकाको लागि राजदूतमा नियुक्त गर्ने निर्णयपछि एकाएक सेयर बजारमा बहार आएको हो । हिजो उक्त समाचारलगत्तै नेप्से इण्डेक्स २०.६१ विन्दूले बढेर १५७१.०४ मा पुगेको छ । अस्तिको कारोबारपछि इण्डेक्स १५५०.४३ विन्दूमा कायम थियो ।
जहाँ बसेपनि अर्थतन्त्रसँग जोडिएको विषयमा हस्तक्षेप गरेर पुँजी बजारलाई कमजोर बनाउने आरोप लाग्दै आएका खतिवडाको कारण लगानीकर्ता सशङ्कित बन्दै आएका थिए । तर,हिजो एक्कासी खतिवडा मुलुकबाटै डेरा सर्नेगरी अमेरिकाको राजदूतमा नियुक्त भएपछि लगानीकर्ता मध्यान्हदेखि नै हौसिएको तथ्यांकले देखाएको छ ।खतिवडाको नेपालबाट बिदाईसँगै नेपाली पूजीबजारको कालो धब्बाको अन्त्य हुने संकेत देखिएको छ ।
२०८३ कार्तिक ८, काठमाडौं । पीएचपी प्रोग्रामिङ भाषामा सुरक्षा कमजोरी भेटिएपछि नेपालका अधिकांश सरकारी वेबसाइट
काठमाडौं, २६ असोज। सर्वोच्च अदालतले गैरकानुनी रूपमा बर्खास्त गरिएका श्रमिकलाई पुनर्बहाली नगर्ने अवस्थामा क्षतिपूर्ति निर्धारण
जलवायु परिवर्तनको भारी: नेपालले कुल कार्बन उत्सर्जनमा ०.१ प्रतिशतभन्दा कम योगदान दिए पनि ठूलो मूल्य
काठमाडौं, असोज ४ । काठमाडौं उपत्यकामा रात्रिकालीन यातायात सेवालाई थप सहज र सुरक्षित बनाउने उद्देश्यले उपत्यकाका
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
-अधिवक्ता तारा निधि पन्त भाद्र २१, काठमाडौं । विवादित ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज