काठमाडौं,१२असोज । आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) को कार्यकारी निर्देशकमा दीपक भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ। भण्डारी विगत ६ महिनादेखि निमित्त कार्यकारी निर्देशकका रूपमा कार्यरत थिए । भण्डारीलाई वरिष्ठताको आधारमा कार्यकारी निर्देशक नियुक्त गरिएको बैठकमा सहभागी एक मन्त्रीले जानकारी दिए ।
बैठकले नेपाल र इजरायलबीच कृषि प्रविधि हस्तान्तरणसम्बन्धी सम्झौता गर्ने निर्णय पनि गरेको छ । यसका लागि इजरायलयका लागि नेपाली राजदूत अञ्जान शाक्यलाई आवश्यक सम्झौता गर्ने अख्तियारी प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकमा विशेष एजेण्डा केही नभएकोले केही निकायहरुमा अत्यावश्यक नियुक्तिहरु भएको ती मन्त्रीले जानकारी दिए ।
सामान्यतः सोमबार र विहीबार बैठक बस्ने भए पनि आइतबार आकस्मिकरुपमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष केही निर्णय नगरेको ती मन्त्रीले जानकारी दिए । बैठकअघि प्रधानमन्त्रीले पार्टी अध्यक्ष प्रचण्डलाई बालुवाटार बोलाएका थिए । अध्यक्षद्वयबीच ठोस सहमति हुन नसकेपछि मन्त्रीपरिषद पुनर्गठन गर्ने प्रक्रिया भने अगाडि बढेको छैन ।
काठमाडौं, जेठ २८ । सत्तारुढ एमालेका सचिव योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पाँचबुँदे प्रस्तावमा
यम विरही ५ जेठ २०८२, सोमबार स्वतन्त्र न्यायपालिका र स्वतन्त्र प्रेस दुवै लोकतन्त्रका खम्बा हुन्
२९ वैशाख २०८२, ज्ञानको खोजीमा निस्केका सिद्धार्थ साधनाले खारिएर भगवान् गौतम बुद्ध बने । लोभ
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई रिहा गर्नुपर्ने माग राखी दायर भएको बन्दी प्रत्यक्षीकरणको निवेदन हेर्न
बैशाख ३, काठमाण्डौं । काठमाडौं । पेन्सन अर्थात् निवृत्तिभरण सुविधा लिने बाहेकका सबै सरकारी
काठमाडौँ, चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका