कार्यान्वयन हुन नसक्दा दराजमै थन्किए नीति

काठमाडाैं, असाेज १ः राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन हुन नसक्दा सो नीति दराजमा थन्किएर दस्तावेज भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नीतिका आधारमा कानुन बन्ने र त्यसपछि कार्यान्वयनमा जाने बताउँदै भने, “कार्यान्वयनको प्रक्रिया लामो हुने रहेछ ।” नीतिको पुछारमा राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद् गठनको व्यवस्था छ । शिक्षा मन्त्रीको अध्यक्षतामा रहने सो परिषद् मात्र गठन भएको छ । मन्त्री पोखरेलले नीतिगत स्पष्टता होस् भनेर विभिन्न अध्ययन कमिटीका साथै नीतिका आधारमा अगाडि बढ्न विज्ञान तथा प्रविधि सचिवको नेतृत्वमा रणनीतिक योजना तयार गरिरहेको जानकारी दिए ।

विज्ञान प्रविधिको विकास, नवप्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गरी नागरिकको गुणस्तरीय जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने लक्ष्य नीतिले लिएको छ ।

बायो, न्यानो तथा न्युक्लियर प्रविधिको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण एवं आधुनिकीकरणमा सहयोग गर्ने, विज्ञान शिक्षणलाई प्रयोगात्मक क्रियाकलापसँग आबद्ध गरी शिक्षणलाई व्यावहारिक र रुचिपूर्ण बनाउने, प्रत्येक युवा नेपाली नागरिकलाई प्राविधिक सीपयुक्त र दक्ष बनाउन विज्ञान प्रविधिसम्बन्धी तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, युवा वैज्ञानिक स्वयंसेवा (जनतासँग युवा वैज्ञानिक) कार्यक्रम सञ्चालन गर्ने विषयलाई विज्ञान नीतिमा समावेश गरिएको छ ।

यस्तै प्रतिस्पर्धाका आधारमा अनुसन्धान वृत्ति, छात्रवृत्ति, प्रतिभा कदर प्रोत्साहन, सहुलियतपूर्ण विज्ञान प्रविधि तथा नवप्रवर्तन ऋण तथा पुरस्कारको व्यवस्था गर्ने, नवप्रवर्तन प्रतिभालाई प्रविधि विकासमा संलग्न हुन प्रादेशिक तथा स्थानीय तहमा विज्ञान तथा नवप्रवर्तन प्रवद्र्धन केन्द्रको विकास गरिने समेटिएको छ । पारमाणिक, रासायनिक तथा जैविक पदार्थको वैज्ञानिक अनुसन्धान र शान्तिपूर्ण प्रयोगका लागि आवश्यक प्रविधिको विकास गर्ने, भौतिक विज्ञान र जीव विज्ञानको अनुसन्धानशाला विकास गर्ने, विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषको स्थापना गर्ने लगायतका महìवाकाङ्क्षी नीति एवं कार्यनीति समेटिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले नीति कार्यान्वयनमा लैजान दृष्टिकोण र पर्याप्त जनशक्तिको पनि समस्या भएको उल्लेख गर्दै भने, सबैतिर अपेक्षा ठूलो छ । धान्न सक्ने गरी काम गर्नुपर्नेछ ।

उजले देशका ६३७ पालिकामा प्राविधिक विद्यालयको पहुँच पुगेको र थपमा विस्तार गर्ने काम भइरहेको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा करिब ९० हजार वैज्ञानिक रहेको र त्यो जनशक्तिलाई परिचालन गर्नु जरुरी भएको बताए ।

यस वर्षको राष्ट्रिय विज्ञान दिवस बिहीबार ‘स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ मनाइँदैछ । यस अवसरमा बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले तयार गरेको वेबसाइटको मन्त्री पोखरेलले बुधबार शुभारम्भ गरे ।

विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले विज्ञानबाट मुलुक परिवर्तन गर्न अब वैज्ञानिक क्रान्तिको आवश्यक रहेको बताए । अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई गत २०७० सालबाट राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाइन थालिएको हो । कोभिड–१९ का कारण यसपटक भर्चुअल रूपमा यो दिवस मनाइँदैछ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

संविधान संशोधनका लागि सुझाव सङ्कलन तीव्र

काठमाडौँ, जेठ ११ । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलले शासकीय स्वरूप, निर्वाचन प्रणालीसहितका आठ

प्रेस स्वतन्त्रताप्रति सरकार प्रतिबद्ध : सञ्चारमन्त्री

  जेठ ६,काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले सरकारले प्रेसलाई नियन्त्रण वा

मन्त्रालय संख्या १८ मा सीमित

काठमाडौँ, वैशाख ३१ । सरकारले संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ कायम गर्ने निर्णय

शशिभूषण यादव विरुद्धको सम्पत्ति शुद्धिकरण मुद्दामा अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

काठमाडौँ, वैशाख २५ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्जका तत्कालीन वरिष्ठ

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु ; ११ जना घाइते

क्यानबेरा (अस्ट्रेलिया) १६वैशाख (रासस/एएनआई) : दक्षिण अस्ट्रेलियाको एडिलेडको पाराफिल्ड एयरपोर्टमा अवतरण गर्ने क्रममा विमान दुर्घटना