कार्यान्वयन हुन नसक्दा दराजमै थन्किए नीति

काठमाडाैं, असाेज १ः राष्ट्रिय विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति स्वीकृत भएको एक वर्ष बित्दा पनि कार्यान्वयन हुन सकेको छैन । कार्यान्वयन हुन नसक्दा सो नीति दराजमा थन्किएर दस्तावेज भएको छ ।शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले नीतिका आधारमा कानुन बन्ने र त्यसपछि कार्यान्वयनमा जाने बताउँदै भने, “कार्यान्वयनको प्रक्रिया लामो हुने रहेछ ।” नीतिको पुछारमा राष्ट्रिय विज्ञान प्रविधि विकास तथा समन्वय परिषद् गठनको व्यवस्था छ । शिक्षा मन्त्रीको अध्यक्षतामा रहने सो परिषद् मात्र गठन भएको छ । मन्त्री पोखरेलले नीतिगत स्पष्टता होस् भनेर विभिन्न अध्ययन कमिटीका साथै नीतिका आधारमा अगाडि बढ्न विज्ञान तथा प्रविधि सचिवको नेतृत्वमा रणनीतिक योजना तयार गरिरहेको जानकारी दिए ।

विज्ञान प्रविधिको विकास, नवप्रवर्तनको उपयोग र वैज्ञानिक संस्कृतिको प्रवद्र्धनबाट उत्पादन तथा उत्पादकत्व वृद्धि गरी नागरिकको गुणस्तरीय जीवनयापनमा सहयोग गर्दै समृद्ध नेपाल निर्माणमा योगदान गर्ने लक्ष्य नीतिले लिएको छ ।

बायो, न्यानो तथा न्युक्लियर प्रविधिको विकास र उपयोगबाट कृषि क्षेत्रको व्यवसायीकरण, विविधीकरण एवं आधुनिकीकरणमा सहयोग गर्ने, विज्ञान शिक्षणलाई प्रयोगात्मक क्रियाकलापसँग आबद्ध गरी शिक्षणलाई व्यावहारिक र रुचिपूर्ण बनाउने, प्रत्येक युवा नेपाली नागरिकलाई प्राविधिक सीपयुक्त र दक्ष बनाउन विज्ञान प्रविधिसम्बन्धी तालिम तथा क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने, युवा वैज्ञानिक स्वयंसेवा (जनतासँग युवा वैज्ञानिक) कार्यक्रम सञ्चालन गर्ने विषयलाई विज्ञान नीतिमा समावेश गरिएको छ ।

यस्तै प्रतिस्पर्धाका आधारमा अनुसन्धान वृत्ति, छात्रवृत्ति, प्रतिभा कदर प्रोत्साहन, सहुलियतपूर्ण विज्ञान प्रविधि तथा नवप्रवर्तन ऋण तथा पुरस्कारको व्यवस्था गर्ने, नवप्रवर्तन प्रतिभालाई प्रविधि विकासमा संलग्न हुन प्रादेशिक तथा स्थानीय तहमा विज्ञान तथा नवप्रवर्तन प्रवद्र्धन केन्द्रको विकास गरिने समेटिएको छ । पारमाणिक, रासायनिक तथा जैविक पदार्थको वैज्ञानिक अनुसन्धान र शान्तिपूर्ण प्रयोगका लागि आवश्यक प्रविधिको विकास गर्ने, भौतिक विज्ञान र जीव विज्ञानको अनुसन्धानशाला विकास गर्ने, विज्ञान प्रविधि तथा नवप्रवर्तन कोषको स्थापना गर्ने लगायतका महìवाकाङ्क्षी नीति एवं कार्यनीति समेटिएका छन् ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले नीति कार्यान्वयनमा लैजान दृष्टिकोण र पर्याप्त जनशक्तिको पनि समस्या भएको उल्लेख गर्दै भने, सबैतिर अपेक्षा ठूलो छ । धान्न सक्ने गरी काम गर्नुपर्नेछ ।

उजले देशका ६३७ पालिकामा प्राविधिक विद्यालयको पहुँच पुगेको र थपमा विस्तार गर्ने काम भइरहेको प्रसङ्ग उल्लेख गर्दै मुलुकमा करिब ९० हजार वैज्ञानिक रहेको र त्यो जनशक्तिलाई परिचालन गर्नु जरुरी भएको बताए ।

यस वर्षको राष्ट्रिय विज्ञान दिवस बिहीबार ‘स्वस्थ र गुणस्तरीय जीवनका लागि विज्ञान’ भन्ने नाराका साथ मनाइँदैछ । यस अवसरमा बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले तयार गरेको वेबसाइटको मन्त्री पोखरेलले बुधबार शुभारम्भ गरे ।

विकास समितिका निमित्त कार्यकारी निर्देशक डा सनतकुमार शर्माले विज्ञानबाट मुलुक परिवर्तन गर्न अब वैज्ञानिक क्रान्तिको आवश्यक रहेको बताए । अमृत साइन्स क्याम्पस स्थापना भएको दिनलाई गत २०७० सालबाट राष्ट्रिय विज्ञान दिवसका रूपमा मनाइन थालिएको हो । कोभिड–१९ का कारण यसपटक भर्चुअल रूपमा यो दिवस मनाइँदैछ । गोरखापत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

एआईको दुरुपयोग रोक्न मुख्य चुनौती : मन्त्री पन्त

जेठ ९,काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सञ्चारमाध्यमहरूबाट व्यक्तिहरू ‘भिक्टिमाइज’ हुने प्रवृत्ति बढ्दै गएको

अपराध न्यूनीकरणका उपाय

निशा चौधरी  ५ जेठ २०८२, समाजमा विभिन्न किसिमका नियम, कानुन, मूल्य र मान्यता रहेका हुन्छन्

महान्यायाधिवक्ताद्वारा उच्च सरकारी वकिल कार्यालयको भवन शिलान्यास

०८२ वैशाख २९ गतेकाठमाडौँ । : महान्यायाधिवक्ता रमेश बडालले उच्च सरकारी वकील कार्यालय, पाटनको भवन शिलान्यास

कोलकाताको ऋतुराज होटलमा आगलागी, १५ जनाको मृत्यु

कोलकाता, वैशाख १७ गते । भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको

दुर्गा प्रसाईं र अंगरक्षक दिपक खड्का पक्राउ

 चैत २९, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ पर्नुभएको छ । नेपाल प्रहरी प्रधान

प्रतिनिधिसभा बैठकअघि सभामुखले प्रमुख सचेतकहरुसँग छलफल गर्दै

काठमाडौँ,  चैत १७ गते । प्रतिनिधिसभाको आजको बैठक सुरु हुनुअघि सभामुख देवराज घिमिरेले राजनीतिक दलका