September 15, 2020

अख्तियार नेतृत्वबाट संविधानलाई धोका

पिपल नेपाल  | 2020 Sep 15 | 08:14 am 16
facebook sharing buttonकाठमाडाैं, भदाै ३०ः मुलुकमा भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक निकाय आफ्नो दायित्वबाट विचलित हुँदै गएको भन्दै आलोचना भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले अवकाश हुनुभन्दा केही समयअघि नेपाल आयल निगमको जग्गा खरिदमा भएको अनियमितता फाइल तामेलीमा राखेपछि चौतर्फी विरोध भएको थियो। घिमिरेको नेतृत्वमा अन्य ठूला भ्रष्टाचारका मुद्दा नचलाई उन्मुक्ति दिएको आरोप छ। घिमिरे आइतबार बिदा भएका हुन्।
अख्तियार नेतृत्वले राजनीतिक र शक्ति दलाल समूहको प्रभावमा परेर संविधानले दिएको जिम्मेवारीबाट विचलित भई मुलुक र संविधानप्रति धोका दिएको पूर्वन्यायाधीशहरूले टिप्पणी गरेका छन्। सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले अख्तियारको नेतृत्वले मुलुक, संविधान र जनताप्रति धोका दिएको टिप्पणी गरे। संविधानलाई धोका दिनेलाई कानुनले मिल्छ भने मुद्दा चलाउनुपर्ने केसीको तर्क छ।

आफूले लिएको शपथ र संविधानलाई बेइमानी गर्ने काम अख्तियार नेतृत्वबाट भएको छ, पूर्वन्यायाधीश केसीले नागरिकसँग भने, ‘कानुनले कतै दिन्छ भने उहाँ (घिमिरे) माथि मुद्दा चलाउनुपर्छ।’ अख्तियारको नेतृत्वले आफू अवकाश हुने बेला मुद्दा नचलाई तामेलीमा राख्ने प्रवृत्ति गलत भएको उनले बताए।

अख्तियारका पदाधिकारीले संविधानले दिएको जिम्मेवारी पूरा गर्न चुक्नुभयो, उनले भने, जाने बेलामा भ्रष्टाचारका मुद्दा खासखुस गरेर टुंग्याउन मिल्दैन। राज्यले संवैधानिक निकायका पदाधिकारीलाई दिएको सम्मानप्रति धोका भएको उनले टिप्पणी गरे। संविधानले दिएको जिम्मेवारी पूरा गर्न नसक्ने व्यक्ति आयोगमा जान नहुने उनको भनाइ छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा