

‘हल्ला गरिएजस्तो आजैभोलिमा मन्त्रिपरिषद् हेरफेरको कुरा हुँदैन’
राजीनामा त यसअघि प्रधानमन्त्रीका प्रियपात्र मानिने गोकुल बाँस्कोटादेखि शेरबहादुर तामाङहरूले पनि दिएका थिए । उनीहरूको राजीनामाप्रति प्रधानमन्त्रीले त्यस्ता कुनै सहानुभूतिको शब्द खर्चिएका थिएनन् तर युवराजको राजीनामाले उनलाई निकै नै पोलेजस्तो बुझिन्थ्यो, उनकै शब्दबाट ।
प्रधानमन्त्रीले युवराजतिर हेरेर भने, ‘देशको आर्थिक उन्नति हुन नदिन, राजनीतिक स्थायित्व कायम रहन नदिन, समृद्ध नेपाल, सुखी नेपाली देख्न नचाहनेहरूको खेल हो यो । तपाईंको केही दोष होइन । अरुतिरबाट नसकेपछि मलाई घेराबन्दी गर्न यस्तो गरियो । चिन्ता नगर्नुस्, तपाईंको आवश्यकता अहिले पनि राष्ट्रलाई छ ।’ त्यसक्रममा प्रधानमन्त्रीले तीनपटक नामै किटेर ‘धन्यवाद’ शब्द दोहो¥याए ।
युवराजलाई त्यति भनिसकेपछि बल्ल अरु मन्त्रीहरूतिर हेरे । र, भने, ‘तपाईंहरूले पनि कुनै चिन्ता नलिई काम गर्नुप-यो । मन्त्रिपरिषद् हेरफेर हुन्छ भनेर निक्कै ठूलो हल्ला फिँजाइएको छ । तपाईंहरूलाई पनि आज हो कि भोलि भन्ने परेको होला । तर, त्यस्तो कुनै चिन्ता नलिनुस् । आ–आफ्नो मन्त्रालयमा ध्यान दिएर काम गर्नुस् । हल्ला गरिएजस्तो आजैभोलिमा मन्त्रिपरिषद् हेरफेरको कुरा हुँदैन । खालि भएको मन्त्रालयमा अर्को मन्त्री पठाउने वा के गर्ने भनेर एउटा निर्णय होला । योबाहेक पूरै क्याबिनेट नै फेरिन्छ भन्नेखालका हल्लाहरूमा सत्यता छैनन् ।’
यति भनिसकेपछि बल्ल बैठक एजेण्डाहरूमा प्रवेश ग-यो । सोही क्रममा पनि प्रधानमन्त्री प्रतिक्रियात्मक रुपमा पेश भए । जस्तो कि, एजेण्डाभित्र एमसिसीको नियमावली पनि थियो । राजीनामा दिइसकेका अर्थमन्त्रीको तर्फबाट एजेण्डा टेबुल हुनासाथ प्रधानमन्त्रीले ध्यान दिएर प्रस्ताव पढे र भनिहाले, ‘पढ्दै नपढी मान्छेहरू विरोध गर्छन् !’ एकछिन अड्किएर फेरि गुन्गुनाए, ‘के भनौँ र ? यस्तो कुरा नबुझी पनि मान्छेहरू हल्लाको पछि दौडिएका छन् । यसरी हामी कहाँ जाँदैछौँ ?’
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा