



काठमाडौं। भदौ दश गते थप गरेको निषेधाज्ञाको अवधि आज (बुधबार) राति सकिँदैछ। काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले भदौ तीन गते उपत्यकामा निषेधाज्ञा जारी गरेका थिए।
तर अहिले पनि कोरोना संक्रमणको खोजिम कम भएको निष्कर्षसहित उपत्यकामा फेरि एक साता निषेधाज्ञा थप गर्ने भएको छ। मंगलबार पनि निषेधाज्ञा थप गर्ने विषयमा उपत्यकाका तीनवटै जिल्लाका प्रजिअबीच छलफल भएको थियो। मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, ललितपुरका नारायणप्रसाद भट्ट र भक्तपुरकी हुमकला पाण्डेबीच भएको भर्चुअल बैठकमा निषेधाज्ञाको मोडालिटी भने केही परिवर्तन गर्ने विषयमा छलफल भएको थियो ।
उद्योग तथा व्यापार व्यवसायीले निषेधाज्ञा खुकुलो पार्नुपर्ने माग गरेका छन् । काठमाडौँ उपत्यकामा भने कोरोना सङ्क्रमण प्रतिदिन बढ्दै गएको छ । स्थानीय जनप्रतिनिधि तथा नगरप्रमुख, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले भने निषेधाज्ञा कडा गर्नुपर्ने सुझाव दिएका छन् । स्वास्थ्य तथा सुरक्षा मापदण्डको पूर्ण पालना गर्नेगरी केही व्यवसाय सञ्चालन गर्न दिने र निषेधाज्ञा एक साता थप्ने तयारी भएको छ।
स्राेतका अनुसार भन्सारमा रोकिएका सामान ल्याउन दिने, निश्चित मापदण्ड अपनाएर उद्योगधन्दा संचालन गर्न दिने र विकास निर्माणको कामलाई पनि निरन्तरता दिने तयारी भएको छ।‘निषेधाज्ञा खुकुलो बनाउँदा संक्रमण बढ्ने र जारी राख्दा दैनिक ज्यालामजदुरी गरेर खाने वर्ग समस्यामा पर्ने अवस्था छ।’सरकारले निषेधाज्ञा थप गर्ने नगर्ने भन्ने अधिकार प्रजिअलाई दिएको छ । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि भदौ तीन गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको छ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र
काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना
२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा