August 15, 2020

आजदेखि काठमाडौं उपत्यकामा यस्ता गतिविधि गर्न रोक, अटेर गरे कारबाही गरिने

IMG_20200727_154140

काठमाडौका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि १५ भदौसम्म भिडभाड जन्य सबै प्रकारका गतिविधि गर्न निषेध गरिएको जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खुल्ला स्थानमा मानिस भेला र जम्मा हुन पाइने छैन । यस्तै सभा र जुलुस गर्न, जात्रा महोत्सव संचालन तथा दैनिक नित्यपूजा बाहेक सम्पूर्ण धार्मिक गतिविधि पनि निषेध गरिएको छ । निर्णय अनुसार पूजाआजाका लागि मन्दीरमा भक्तजनहरुलाई निषेध हुनेछ ।

यसैगरी स्वास्थ्य मापदण्ड विपरितका गतिविधि, धार्मिक तथा सांस्कृतिक कार्यसम्बन्धी जमघट लगायतलाई निषेध गरिएको छ । यस्तै परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर गरिने जमघटमा पनि रोक लगाइएको छ ।

काठमाडौका प्रमुख जिल्ला अधिकारी दाहालले संक्रमणको जोखिम कम गराउँने सन्दर्भमा आदेश जारी गरिएको र शुक्रबार रातीबाट नै निर्णय लागू हुने तथा निषेधित गतिविधि गर्न नपाइने बताए । उनले निर्माणजन्य गतिविधि, उद्योग तथा व्यापार व्यवसाय भने सुरक्षा सावधानी अपनाएर संचालन गर्न पाइने जानकारी दिए ।

आदेशानुसार शैक्षिक संस्थाहरू संचालनमा पूर्ण रोक लगाइएको छ । सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय तोकिएको अवधिभर संचालनमा गर्न पाइने छैन । यस्तै कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ , ठेलागाडा र साइकल मार्फत संचालन हुने व्यवसायमा पनि रोक लगाइएको छ ।

यसैगरी उद्योग व्यवसाय संचालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट संचालनमा पनि प्रतिबन्ध लगाइएको छ । जसअनुसार होटल तथा रेष्टुरेन्टहरुमा गई बसेर खान पाइने छैन । निषेध गरिएका कामहरु गरेमा स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने जिल्ला प्रसासन कार्यालयद्धारा जारी आदेशमा भनिएको छ ।, यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा