गोंगबु हत्या प्रकरणमा संलग्न कल्पना शाही पक्राउ : औषधि खुवाएर यसरी गरिछन् हत्या

gongabu-murder

साउन २७,काठमाडौं। गोंगबुस्थित डेरामा कृष्णबहादुर बोहराको औषधि खुवाएर हत्या गरेको खुलेको छ। कल्पना शाही मुडवरीले आफ्नै डेरामा मदिरासँगै औषधि खुवाएर हथौडा प्रयोग गरी हत्या गरेको खुलेको हो।

उनले कोठामा आएका बोहोरालाई औषधि खुवाएर बेहोस बनाएपछि टाउकोमा हथौडा प्रयोग गरेकाे तथा शव व्यवस्थापनका लागि टाउको र खुट्टा काटेर झोलामा हालेर फ्याकेको बयान दिएकी छिन्।

महानगरीय प्रहरी अपराध महाशाखाले चितवनबाट काठमाडौं ल्याएपछिको बयानमा उनले सो कुरा बताएकी हुन्। बोहोराको हत्यापछि उनले चितवनमा रहेका एम्बुलेन्स चालक भिनाजुलाई बोलाएर चितवन भागेकी थिइन्।३७ वर्षीया कल्पनाले हत्या गरेको भोलिपल्ट आइतबार भिनाजुलाई फोन गरेको भिनाजु एम्बुलेन्स लिएर काठमाडौं आएको प्रहरीले दावी गरेको छ।

हत्या भएको करिब ४८ घन्टामा नै प्रहरीले हत्याकी मुख्य अभियुक्त कल्पना शाहीलाई चितवन शक्तिखोरबाट पक्राउ गरी सोमबार विहान काठमाडौं ल्याएको छ।

घटनाका अनेक पाटाको अनुसन्धान जारी रहे पनि प्रारम्भिक चरणको काम सकिएका कारण हत्या अभियुक्त मुडवरीलाई अहिले सार्वजनिक गर्न लागिएको प्रहरीले जनाएको छ। घटनाको महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाडौंले संयुक्त अनुसन्धान गरेका थिए।

मुडवरीले बोहरा हत्यामा आफूले स्लिपिङ ट्याबलेट खुवाएको र आफूलाई बलात्कार गर्न खोजेको पनि बयान दिएकी छिन्। यस्तै प्रहरीले घटनास्थलबाट ह्याम्बर र काट्नका लागि प्रयोग गरिएको दाउ समेत बरामद गरेको छ।

अभियुक्तको बयानअनुसार बोहराले बलात्कारको कोशीश गरेपछि स्लिपिङ ट्याबलेट खुवाएर हत्या गरिएको हो र शव व्यवस्थापनका लागि १६ वर्षीया छोरीले सहयोग गरेको भन्ने पनि विवरणमा खुलेका छन्।

हत्या र शव व्यवस्थापन गरेपछि कल्पना चितवनस्थित घर पुगेकी थिइन्। प्रहरीले छोरीलाई पनि पक्राउ गरेको छ। कल्पना विवाहित भएपनि श्रीमानसँग बसेकी थिइनन्।

उनी छुट्टै बस्दै आएको र बोहोरासँग लामो चिनजान भएको प्रहरीको दावी छ। त्यस्तै बोहोरापनि विदेश बसेर नेपाल आएका थिए। उनी पनि श्रीमतीसँग बसेका थिएनन्। लामो समयदेखि गोगंबु क्षेत्रमा बस्दै आएका बोहोरा र कल्पानको चिनजान पनि धेरै अगाडिदेखि भएको पाइन्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च पदाधिकारीको सम्पत्ति छानबिन सुरु

काठमाडौँ, वैशाख १७ ।  सार्वजनिक पदमा रहेका तथा सेवा निवृत्त उच्च पदाधिकारीको सम्पत्ति छानबिन गर्न

मे दिवसको सन्दर्भमा  जिफन्टको  घोषणा: “अबको श्रमिक आन्दोलन नयाँ ढंगले अगाडि बढाउँँछाै”

बैशाख १५, काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १३७औं अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे दिवस)

नागरिक एपमै ड्राइभिङ लाइसेन्स छापिएको अवस्था हेर्न सकिने

काठमाडौँ, वैशाख १४ । सवारी चालक अनुमतिपत्र (क्यूआरयुक्त ड्राइभिङ लाइसेन्स) छापिएको वा नछापिएको अवस्था अब

संविधान संशोधन बहसपत्र कार्यदलको बैठक सिंहदरबारमा सुरु

वैशाख १०, २०८३। संविधान संशोधनसम्बन्धी बहसपत्र तयार गर्ने कार्यदलको बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा

चौतर्फी बिरोधपछि २७ दिनमै राजीनामा दिन बाध्य भए गृहमन्त्री सुदन गुरुङ

काठमाडौं, बैशाख ९ । गृहमन्त्री सुदन गुरुङले पद सम्हालेको २७ दिनमै राजीनामा दिएका छन्। विवादित

ट्रेड युनियनको व्यवस्थापन कसरी ?

सरकार या व्यवस्थापनसमक्ष श्रमिक कर्मचारीका तर्फबाट सामूहिक सौदाबाजी आधिकारिक ट्रेड युनियनले मात्र गर्न पाउँछ राष्ट्रिय