August 9, 2020

नेकपाका ६१ सांसदको भनाइ : पार्टीको उपल्लो तहमै विध्वंशात्मक प्रकृतिकाे अन्तरविराेध

श्रावण २५, काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ६१ जना सांसदले कुनै पनि गुटमा नलाग्‍ने र पार्टीभित्रको अन्तरविरोधमा कतै पनि खडा नहुने सामूहिक प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबार आइतबार (साबिक माओवादी केन्द्रको संसदीय दलको कार्यालय रहेको स्थानमा) पत्रकार सम्मेलन आयोजना गरेर पार्टीको अन्तरविरोधमा ध्रुवीकरण नहुने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“यसभन्दा अगाडि (विगतमा) हाम्रो पार्टीभित्र रहेको विभिन्‍न विचार समूहमा उपल्ला नेतृत्व तहहरूसँगै विभक्त भए पनि तत्काललाई एकताको महाधिवेशनसम्म पार्टीको विधान र एकताको भावना समेटिने गरी हामी सिंगो देश र जनताको हितलाई केन्द्रमा राखेर राजनीतिक स्थायित्वलाई अझ सुदृढ पार्न, पार्टीलाई एकताबद्ध बनाउने सामूहिक पहलकदमीमा प्रतिबद्ध छौं,” ६१ जना सांसदले सामूहिक रूपमा भनेका छन् ।

त्यस्तै उनीहरूले पार्टीमा हुने र देखिने सबै प्रकार र रूपका अन्तरविरोधहरूलाई पार्टीको विचार र सिद्धान्तले निर्देशित गरेको पद्धति र प्रणालीमा विधि र प्रक्रियाद्वारा वस्तुवादी समाधान खोज्‍न प्रतिबद्ध रहेको बताएका छन् ।

“पार्टीको उपल्लो नेतृत्व तहमा देखिकएको ध्वंसात्मक प्रकृतिका अन्तरविरोधलाई मूर्त वा अमूर्त ढङ्‍गले टेलिभिजन, अनलाइन, पत्रपत्रिका, सामाजिक सञ्जाल, सडक चोकहरू आदि माध्यमबाट सार्वजनिक ढङ्‍गले पक्ष, विपक्षमा अभिव्यक्ति दिनेमा सहभागी हुने छैनौं र त्यसप्रकारका पार्टी एकतविरोधी क्रियाकलापलाई रोक्न र निस्तेज पार्न हामी प्रतिबद्ध छौं,” उनीहरूले अठोट व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ग्रीन आर्मीको वैधानिकताबारे सर्वोच्चद्वारा लिखित जवाफ माग

  काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।

रास्वपाको अर्थ–राजनीतिक खाका सार्वजनिक : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्मका प्रस्ताव

चितवन, असार १० ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र

देशभर अतिक्रमित संरचना हटाउने अभियान सुरु

काठमाडौँ, १३ वैशाख।सरकारले काठमाडौँ उपत्यकासहित देशभर सरकारी तथा सार्वजनिक जग्गामा अवैध रूपमा निर्माण गरिएका संरचना

डाटा सेन्टर, क्लाउड र साइबर सुरक्षामा लगानी गर्ने सरकारको घोषणा

२ बैशाख, २०८३, काठमाडौं । सरकारले डिजिटल अर्थतन्त्र निर्माणलाई तीव्रता दिन डाटा सेन्टर, क्लाउड सेवा