काठमाडौं, १८ साउन : नेपाल कम्युनिस्ट पार्टीभित्र प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता संकट अझै टरेको छैन । ओलीको राजीनामा माग्दै आएका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल अझै पछि हटेका छैनन् ।
प्रचण्ड र माधव नेपाल आन्तरिक छलफल गर्दै भावी रणनीति तय गर्न लागेका छन् । राजीनामा माग्ने समुहका उपाध्यक्ष बामदेव गौतम यु टर्न भई ओलीलाई फाइदा हुने गरी प्रस्तुत भएपछि प्रचण्ड, माधव नेपाल र झलनाथ खनाल नयाँ रणनीति बुन्न सक्रिय भएका हुन् ।
विश्वस्त स्रोतका अनुसार तीनैजना नेताहरुले उपाध्यक्ष गौतमबाट धोका भएको निष्कर्ष निकालेका छन् । आन्तरिक बैठकमा नेता नेपालले गौतमबाट विगतमा पनि धोका भएको र फेरि धोका भयो भन्दै नेता अब पत्याउन नसकिने बताएका थिए । प्रचण्डले पनि गौतमले सारेको छ बुँदे प्रस्तावमा शंका व्यक्त गरेका छन् ।
ओलीलाई गलाउँदै लगिएको अवस्थामा एकाएक गौतमले छ बुँदे प्रस्ताव सारेर पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवैमा रहन दिने विषय उल्लेख गरेका थिए । उनले एउटा बुँदामा मात्र प्रचण्डलाई कार्यकारी अधिकारसहित पार्टीको सम्पूर्ण जिम्मेवारी दिने विषय राखेका थिए । प्रचण्डलाई फकाउन यो बुँदा राखिएको ओलीइतरको समुहको बुझाई छ । ओली यसमा सहमत भएका छन् । उनका निकटस्थले बामदेवको प्रस्ताव नै सहमतिको बिन्दु हुनसक्ने बताएबाट यो तयार गर्न ओली पक्षकै नेताहरु सक्रिय भएको प्रचण्ड र माधव समुहको निष्कर्ष छ ।
सहमतिको छ बुँदा ल्याएपछि प्रचण्ड र माधव नेपाल सहमत छैनन् । विशेषगरी वरिष्ठ नेता माधव नेपाल वार कि पार मै जान चाहिरहेका छन् । ओली पक्ष पनि प्रचण्ड गल्ने अवस्थामा पुगिसकेको तर नेता नेपालका कारण माहोल अनुकूल नबनेको बुझाईमा छ । अहिले ओलीसँग प्रचण्डको भन्दा माधव नेपालको टकराव बढेको छ ।
स्थायी कमिटी बैठकबारे अन्यौल भइरहँदा प्रचण्ड नेपाल पक्षले केन्द्रीय कमिटी बैठकका लागि हस्ताक्षर बुझाएको छ । विधान अनुसार अबको २० दिनभित्र बैठक बस्नुपर्ने हुन्छ । अब अन्तिम फैसला केन्द्रीय कमिटीमै हुनसक्ने अवस्था सृजना भएको छ । अहिले देखि नै नेताहरुले केन्द्रीय कमिटीको अंकगणितलाई ध्यान दिन थालिसकेका छन् ।
काठमाडौं, ३० भदौ । नेपाली सेनासँग मिल्दोजुल्दो पोशाक, दर्ज्यानी चिह्न र सैनिक शैलीको संरचना
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा
काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा
काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।
चितवन, असार १० । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपालको शासकीय संरचना, राजनीतिक प्रणाली र