वामदेवका कारण नेकपाभित्र उथलपुथल, समीकरण परिवर्तन

935126_658741747516748_1064892390_n

उनले अन्य नेतासँगै असार १६ गतेको स्थायी समिति बैठकमा ओलीले दुवै पदबाट राजीनामा मागेका थिए। उनले मंगलबार भने पार्टी विग्रह तत्काल रोक्न ओलीलाई दुवै पदमा कायम राख्नुपर्ने, पुष्पकमल दाहाललाई कार्यकारी अध्यक्षसहितको जिम्मेवारी एकता महाधिवेशनसम्म दिनुपर्ने बताएका हुन्।

यस्तै, एकता महाधिवेशन सहमतिमै आयोजना गर्ने, प्रधानमन्त्रीका दैनन्दिनको काममा पार्टीले हस्तक्षेप नगर्ने तर सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय महŒवका विषयमा निर्णय गर्नुपूर्व पार्टीको सचिवालयमा परामर्श गर्नुपर्ने प्रस्ताव गौतमले गरेका छन्। प्रशासन तथा सुरक्षा निकायका कर्मचारीको पदोन्नति तथा सरुवाका लागि मापदण्ड निश्चित गरी कार्यान्वयन गर्ने, सचिवालयको सुझाव र परामर्शका आधारमा मन्त्रिपरिषद् पुनर्गठन तथा राजनीतिक तथा संवैधानिक नियुक्ति गर्ने, नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्नुपूर्व सचिवालयको परामर्श लिने र अबदेखि पार्टीका बैठक पार्टी कार्यालयमै आयोजना गर्ने प्रस्ताव उनले ल्याएका हुन्।

उनले आफ्नो ६ बुँदे प्रस्ताव बालुवाटारमा बसेको स्थायी समिति बैठकमा राखेका थिए। उक्त बैठकमा ओली पक्षको अनुपस्थिति थियो।  ‘केपी ओली पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै चलाउन अक्षम नै हो। त्यसकारण हामीले दुवै पदबाट हटाउनुपर्छ भनेकै हौं। उहाँको यति बिघ्न आलोचना भयो तर उहाँ छोड्नै तयार हुनुहुन्न। आलोचना सुन्नै चाहनुहुन्न’, उनले भने, ‘यस्तो अवस्थामा पार्टीलाई फुटबाट रोक्नुपर्छ। अहिलेलाई उहाँ (प्रधानमन्त्री) लाई नै चलाउन दिऊँ। महाधिवेशनसम्म अध्यक्ष र प्रतिनिधिसभाको बाँकी कार्यकाल उहाँलाई नै प्रधानमन्त्री चलाउन दिऊ। ’

उनले प्रधानमन्त्रीका रूपमा ओलीले गर्ने नियुक्ति र नीति तथा कार्यक्रम र बजेटमा भने पार्टी नियन्त्रित बनाउनुपर्ने, अहिलेलाई विवाद टुंगो लगाउन यही विधि नै उपयुक्त हुने तर्क गरेका छन्।

उनले केही दिनयता दाहाल–नेपाल पक्षको छलफलमा ओलीको राजीनामाको विषयमा धेरै नअल्झिन आग्रह गर्दै आएका थिए। खुमलटारमा मंगलबार बिहान बसेको ६ सचिवालय सदस्यको छलफलमा यही कुरा गरेका थिए।

‘मूल कुरा अहिले पार्टी एकताको हो, एकता जोगाउन अब दुई अध्यक्षबीच भएको मंसिर ४ को सहमति कार्यान्वयन गरेर जानु बाहेक अर्काे विकल्पै छैन’, उनले भने, ‘त्यसका लागि छिटो महाधिवेशनको तयारी गर्ने र त्यही बाटोबाट जानु मात्र राम्रो हुन्छ।’

उनको यस्तो प्रस्तावसँगै उनी दाहाल–नेपाल गठबन्धनबाट बाहिर निस्किएको देखिएको छ। तर उनले ओली पक्षमा पनि सहभागिता देखाएका छैनन। आफ्नो प्रस्ताव सुनाएर उनी दाहाल–नेपाल पक्षका नेताहरूको बैठकबाट निस्किएका थिए। यो प्रस्तावसँगै उनले आफूलाई कुनै पनि समूहमा आफू नरहेको, एकताको पक्षमा मात्र रहेको बताएका छन्। अन्नपूर्ण पाेस्ट दैनिकले समाचार छापेकाे छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा