इटालियन सिरी ए फुटबल अन्तर्गत गएराति सम्पन्न खेलमा जीत निकालेपछि युभेन्ट्सले उपाधि पक्का गरेको छ । साम्पडोरियालाई २-० ले हराएपछि युभेन्ट्स दुई खेल खेल्नु अगावै च्याम्पियन बनेको हो ।

घरेलु मैदानमा भएको खेलमा युभेन्ट्सका लागि क्रिस्टियानो रोनाल्डो र फेडेरिको बर्नाडेस्कीले एकएक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयमा रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफको ६७औं मिनेटमा बर्नाडेस्कीले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर पारेका थिए ।
जीतसँगै युभेन्ट्सको ३६ खेलबाट ८३ अंक भएको छ ने पराजित साम्पडोरिया ४१ अंकसहित १५औं स्थानमा रहेको छ ।
सिरी ए फुटबलमा लगातार ९ पटक उपाधि जित्ने युभेन्ट्स एकमात्र टिम हो ।
काठमाडौँ, साउन ३० । उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा प्रगतिशील तथा पेसागत कानुन व्यवसायी
काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा
दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत
काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा
काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।
पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा