कक्षा १२ को परीक्षा असोज पहिलो साता, त्रिविको परीक्षा भदौ ७ गतेबाट सुचारु हुने

tribhuwan_RngV0RztPg

 साउन ८, sharethis sharing buttonकाठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चार महिनाको बन्दाबन्दी खुला गरेलगत्तै शैक्षिक क्षेत्रले अब छिट्टै नै गति लिने भएको छ । 

 

जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी आगामी भदौ १ गतेदेखि विद्यार्थी भर्ना, शैक्षिक तथा परीक्षा सञ्चालनका लागि सरकारले बाटो खोलेपछि शैक्षिक संस्थाहरूले बुधबारबाटै यसको तयारी सुरु गरेका छन् । यसक्रममा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोज पहिलो साताबाट सञ्चालन गर्ने गृहकार्य थालेको छ भने त्रिभुवन विश्वविद्यालयले बुधबारबाट क्याम्पस खोल्नुका साथै भदौ ७ गतेबाट स्थगित परीक्षा सुरु गर्ने निर्णय गरेको छ । 

 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले साउन १५ गतेभित्र सबै सार्वजनिक विद्यालयका शिक्षकलाई सम्बद्ध विद्यालयमा अनिवार्य उपस्थिति हुनुपर्ने जनाएपछि विद्यालयमा शैक्षिक गतिविधि बढ्ने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले कक्षा १२ को परीक्षा असोज पहिलो साता लिने गरी आन्तरिक तयारीमा जुटेको जानकारी दिए । कक्षा १२ को परीक्षा गत वैशाखमा लिने योजना थियो ।

 

कक्षा ११ को आन्तरिक मूल्याङ्कन गर्ने अधिकार विद्यालयलाई दिइएकाले त्यसमा कुनै समस्या नभएको उनले जनाए । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा
(एसईई) को नतिजा प्रकाशनका लागि तीव्र रूपमा काम भइरहेको पौडेलले जानकारी दिए । हालसम्म झन्डै ५५ जिल्लाका विद्यार्थीको अभिलेख रुजु गरिएको र अब केही दिनमै यसलाई पूर्णता दिइने बोर्डले जनाएको छ ।

त्रिविले गत चैतमा स्थगित परीक्षा भदौ ७ गतेबाट सुचारु गर्ने निर्णय त्रिवि परीक्षा समितिका अध्यक्ष तथा रजिष्ट्रार प्रा. पेशल दाहालले जानकारी दिए । स्थगित परीक्षा दशैँसम्म पूरा गर्ने र त्यसपछि नियमित परीक्षा गर्ने तयारी त्रिविको छ । त्रिवि प्रशासन असार १ गतेदेखि खुलेको थियो । यो समाचार आजको गोरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा