July 21, 2020

खुमलटार बैठकको निष्कर्ष : ओलीसँगै मिलेर अगाडि बढौं

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद पेचिलो बन्दै गएका बेला अध्यक्ष पुष्पकमल दाहाल निकट स्थायी कमिटीका बहुसंख्यक तथा अन्य नेताहरूले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगै मिलेरै अघि बढ्नुपर्ने निष्कर्ष निकालेका छन् । उनीहरूले पार्टी एकतालाई सुदृढ र रक्षा गर्न पनि ओलीसँग मिलेर अघि बढ्नुको विकल्प नभएको बताएका हुन् ।

सोमबार दाहाल निवास खुमलटारमा भएको छलफलमा पार्टीभित्रको पछिल्लो राजनीतिक अवस्था, प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको वार्तालगायतका विषयमा दाहालले आफू निकटका नेताहरूलाई ब्रिफिङ गरेका छन् । सोही क्रममा दाहाल निकट अधिकांश नेताहरूले दुई अध्यक्ष मिलेरै पार्टीको एकतालाई नयाँ उचाइमा पु¥याउनुपर्नेमा जोड दिएका थिए ।

बैठकमा सहभागीहरूले अध्यक्ष ओलीले मंसिरमा प्रस्ताव गरेको महाधिवेशनलाई भने समर्थन गर्न नसकिने स्पष्ट पारेका थिए । सहभागीहरूले अध्यक्ष प्रचण्डसँगको छलफलमा मंसिरमा पार्टीको एकता महाधिवेशन सम्भव नभएको निष्कर्ष निकाल्दै अर्का अध्यक्ष ओलीसँग मिलेर अगाडि बढ्न सुझाव दिएको सहभागी एक नेताले बताए ।

‘हिजो पार्टी एकता गर्दा अध्यक्ष ओलीसँग मिलेरै गरिएको हो, पार्टी एकता जोगाउँदै सामूहिक निर्णयकै आधारमा अगाडि बढ्ने हो,’ अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै एक सदस्यले भने, ‘माधवसहितका नेताहरूसँग मिलेर विधि, पद्धतिअनुसार पार्टी र सरकारको काम अगाडि बढाउन खोजिएको मात्रै हो ।’

छलफलमा प्रचण्डले मुद्दा र विषयका आधारमा पार्टीभित्रका नेताहरूसँग मिलेर अगाडि बढ्ने प्रयास भइरहेको बताउँदै पार्टी एकता जोगाउन र एकताको बाँकी काम टुंगो लगाउन छलफल जारी राखिएको बताएका थिए । मंसिरमा महाधिवेशन गर्ने ओलीको प्रस्तावमा आफ्नो समर्थन नभएको प्रस्टीकरण दाहालले पुनः दोहो-याएका थिए । प्रचण्डले ओलीले मंसिरमा महाधिवेशन गर्ने र बहुदलीय जनवादलाई मानेर अघि बढेमा एकल अध्यक्ष बनाउने प्रस्ताव आफूलाई राखेको भए पनि सो प्रस्ताव पनि आफूलाई अमान्य भएको बताएका थिए ।

नेकपा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालसहित केही स्थायी कमिटीका सदस्यहरूसँग आइतबार छलफल गरेका दाहालले सोमबार पूर्वमाओवादीका नेतासँग छलफल गर्दै अब स्थायी कमिटी बैठकलाई सुचारु गरिने बताए ।

छलफलमा सहभागी नेता नारायणकाजी श्रेष्ठ, देव गुरुङ र मातृकाप्रसाद यादवबाहेकका नेताहरूले ओलीसँग मिलेर अगाडि बढ्ने सुझाव दाहाललाई दिएका थिए । दाहालले समेत अन्तिम समझदारी ओलीसँगै गर्नुपर्ने भएकाले आफ्नो प्रयास त्यसतर्फ पनि जारी नै रहेको जवाफ दिएका छन् ।

‘दुई अध्यक्ष मिलेर पार्टी एकता भएको हो, नमिल्दा अप्ठयारो पनि सुरु भएको छ,’ स्थायी कमिटीका एक सदस्यले भने, ‘पार्टी र सकारको काम अगाडि बढाउन दुई अध्यक्ष मिल्नुको विकल्प पनि छैन ।’ खुमलटारको छलफलमा नेकपा सचिवालय सदस्य एवं गृहमन्त्री रामबहादुर थापा, स्थायी कमिटी सदस्य एवं उद्योगमन्त्री लेखराज भट्ट र स्थायी कमिटी सदस्य जनार्दन शर्मा सहभागी भएनन् । उनीहरू पूर्वमाओवादी केन्द्रका हुन् ।

उता प्रधानमन्त्री ओलीले समेत बालुवाटारमा आफू निकटका नेताहरूसँग छलफल गरेका छन् । त्यस्तै, वरिष्ठ नेता नेपालले पनि आफ्नो निवास कोटेश्वरमा केही स्थायी कमिटी सदस्य र केन्द्रीय सदस्यसँग छलफल गरेका छन् । मंगलबार स्थायी कमिटी बैठक बस्ने भएकाले अगामी रणनीति तय गर्न शीर्ष नेताहरूले आन्तरिक छलफललाई तीव्र बनाएका हुन् ।

जारी स्थायी कमिटी बैठकमा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि बैठक स्थगित हुँदै आएको छ । सहमति गर्न बैठक स्थगित गरिएको भनिए पनि शीर्ष नेताहरूका बीचमा अझै सहमति जुट्न सकेको छैन । सुभास साहले राजधानी दैनिकमा समाचार लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

ओलीको अडान : ‘अहिले नेतृत्व छाड्दिनँ’

२०८३ साउन ३०, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कठिन परिस्थितिमा

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

मानव अधिकार आयोगले आरोपित ठहर गरेका व्यक्तिलाई चोख्याउन खोजिएको कांग्रेसको आरोप

काठमाडौं, साउन २० गते । नेपाली कांग्रेसले सरकारले मानव अधिकार आयोगबाट भदौ २३–२४ का घटनामा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

रास्वपाद्वारा सात सदस्यीय सचिवालय गठन, बालेन्द्र शाह वरिष्ठ नेतामा मनोनित

काठमाडौं, १३ साउन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात सदस्यीय पार्टी सचिवालय गठन गरेको छ।