July 21, 2020

परीक्षा सञ्चालन गर्न त्रिविद्वारा चार वटा विकल्प तयार

2020 Jul 21 | 07:48 am 13

काठमाडौं, साउन ६ः कोभिड १९ को त्रासका कारण समयमै हुन नसकेका परीक्षा सञ्चालन गर्न त्रिभुवन विश्वविद्यालयले चार वटा विकल्प तयार गरेको छ। चैत ११ गतेदेखि गरिएको लकडाउनका कारण त्रिवि सहित अन्य विश्वविद्यालयमा स्नातक र स्नातकोत्तर तहको थुपैं परीक्षा स्थगित छ। तर अवस्था सहज भइनसकेकोले परीक्षा र पढाई कहिलेदेखि सुचार गर्ने भन्नेबारे कुनै पनि विश्वविद्यालयले यकिन गर्न सकेका छैनन्।

त्रिविले परीक्षा सञ्चालनका लागि के कस्ता विधिहरु अपनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न शिक्षाध्यक्षको कार्यालयले कार्यदल बनाएको थियो। कार्यदलले दिएको सिफारिसमा पढाई अनुसार परीक्षाको तरिका पनि बदल्नुपर्ने सुझाव उपकुलपति कार्यालयलाई दिएको छ।

परीक्षा पुरानै शैलीमा सञ्चालन गर्न सकिने, छुट्टै एप निर्माण गरेर विद्यार्थीलाई पनि त्यसैमा जोड्ने र त्यहीबाट परीक्षा चलाउने, सामाजिक दुरी कायम गरेर विद्यार्थीलाई नै उपस्थित गराएर परीक्षा चलाउने तथा क्याम्पसको आन्तरिक मूल्याङकनमा आधारित रहेर विद्यार्थीलाई नम्बर दिन सकिने विकल्प कार्यदलले दिएको छ। तर आन्तरिक मूल्याङकन भने वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीलाई मात्र लागु नगरिने त्रिविले जनाएको छ।

कार्यदलका सदस्यसचिव तथा त्रिवि परीक्षा नियन्त्रक पुष्पराज जोशीले भने, सेमेष्टर वाहेकका परीषार्थीको आन्तरिक मूल्यांकनमा नजाने, बरु ढिलै भएपनि परीक्षामै सहभागी हुने इच्छा व्यक्त गरे। त्यसैले उनीहरुको लागि आन्तरिक मूल्याङन लागु हुँदैन।

आन्तरिक मूल्याङकन गरेर नम्बर दिंदा कोरोना ब्याजको ट्याग लाग्ने भन्दै विद्यार्थीले चिन्ता व्यक्त गरेको पनि जोशीले बताए।

परीक्षाका यि चारै विकल्पबारे आइतबार त्रिविका पदाधिकारीको वैठकमा छलफल भएको थियो। तर सरकारले साउन सात गतेसम्मको लागि लकडाउन जारी राखेकोले अहिले नै कुन विकल्प अपनाउने भन्नेबारे निर्णय भएको छैन। अन्नपूर्ण पोस्ट् दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित वर्गका समाचारहरू

उच्च अदालत बार पाटनमा पीपीएलएका निरौला समुह निर्वाचित

काठमाडौँ, साउन ३० ।  उच्च अदालत बार एसोसिएसन पाटनको निर्वाचनमा  प्रगतिशील तथा पेसागत कानुन व्यवसायी

वैदेशिक भ्रमणमा कर्मचारीलाई पूर्वस्वीकृति अनिवार्य

काठमाडौँ, साउन २९ गते । निजामती तथा सरकारी कर्मचारीले अब वैदेशिक भ्रमणमा जानुअघि प्रधानमन्त्री तथा

कतारमा नेपाली प्रवासी श्रमिकद्वारा सांसद सुहाङ नेम्बाङसँग भेटघाट

दोहा, कतार । नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङसँग कतारमा कार्यरत

पाटन उच्च अदालत बारमा पहिलोपटक स्वतन्त्र मञ्चको पूर्ण प्यानल

काठमाडौं, साउन २२ । उच्च अदालत बार एशोसिएशन पाटनको साउन ३० गते हुने कार्यसमिति तथा

सरकार र अनशनरत नर्सबीच १९ बुँदे सहमति, ज्योति रानाभाटले अनशन तोडिन्

काठमाडौं, साउन २० । अनशनरत नर्स ज्योति रानाभाट र सरकारबीच १९ बुँदे सहमति भएको छ।

घरेलु कामदारसम्बन्धी आदेश कार्यान्वयनमा श्रम मन्त्रालयको बेवास्ता

पेशागत तथा मानवअधिकार संरक्षणका लागि सर्वोच्च अदालतले दिएको निर्देशनात्मक आदेश कार्यान्वयनमा युवा तथा खेलकुद तथा